सिमकोट । चालु आर्थिक वर्षको असार मसान्त सकिन २० दिन मात्र बाँकी रहँदा हुम्लाका गाउँका सिंहदरबारको वाार्षिक खर्च ४९ प्रतिशत मात्रै रहेको छ ।
जिल्लाका सात वटै स्थानीय तहहरुका लागि चालु आर्थिक वर्षमा आएको कूल रकम ३ अर्ब १ करोड ३९ लाख ६८ हजार ७०५ बजेट मध्ये आज असार ११ गते अपरान्ह ३ बजेसम्मको रिर्पोट अनुसार चालु र पुँजिगत गरेर १ अर्ब ४८ करोड १९ लाख ११६ रकम अर्थात कूल बजेटको ४९ दशमलव १६ प्रतिशत मात्रै खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालय हुम्लाले जनाएको छ ।
हरेक वर्ष असारको अन्तिममा हतारले बजेट सकाउने धाउन्यमा रहेका स्थानीय सरकारले यो वर्षपनि अनित्म एक सातालाई बजेट खर्चको साताका रुपमा प्रायेग गर्ने निश्चित छ । अहिलेसम्म भएको खर्चमध्ये विकासे बजेटका रुपमा मानिने पूँजिगत रकम सातवटै स्थानीय तहमा ३५ प्रतिशत मात्रै खर्च भएको छ भने चालुतर्फ झण्डै ६० प्रतिशत खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालय हुम्लाका प्रमुख कोष तथा लेखा नियन्त्रक निराजन उपाध्ययले जानकारी दिए ।
उपाध्ययका अनुसार सबैभन्दा बढि बजेट खर्च गर्ने स्थानीय तह मध्ये सिमकोट सबैभन्दा अघि छ भने अदानचुली सबैभन्दा पछि रहेको छ । ५९ करोड २८ लाख ४४ हजार ४०६ कूल बजेट गरेको सिमकोटले पुँजिगततर्फ ९ करोड ५८ लाख ६८ हजार ७०९ अर्थात ४२ प्रतिशत रकम खर्चिएको छ भने चालुतर्फ २४ करोड ३१ लाख ३१ हजार ९६ अर्थात ६६ दशमलव ६२ प्रतिशत रकम खर्च गरेको छ । जिल्लामै सबैभन्दा कम बजेट खर्च गर्ने पालिकाको रुपमा रहेको अदानचुलीले ३३ करोड ४० लाख ९७ हजार ४३१ वर्षिक बजेट गरेको अदानचुलीले पूँजिगततर्फ २ करोड १९ लाख ८९ हजार ११९ अर्थात १६ दशमलव ३८ प्रतिशत चालुतर्फ १० करोड ३ लाख ५१ हजार ६७८ अर्थात ५० दशमलव २० प्रतिशत रकम खर्च गरेको कोष तथा लेखा नियन्त्रण कार्यालय हुम्लाले जनाएको छ ।
बजेट बढि खर्च गर्ने गाउँपालिको सूचिमा ताँजाकोट दोस्रो खार्पुनाथा तेस्रो, चंखेली चौथो, सर्केगाड पाँचौं, नाम्खा छैटौं स्थानमा देखिएको छ । ३७ करोड ४ लाख ४८ हजार ६५९ कूल बजेट गरेको ताँजाकोटले २० करोड ९३ लाख ९५ हजार ६६७ रुपैयाँ २ पैसा अर्थात ५६ दशमलव ५२ प्रतिशत बजेट खर्च गरेको छ ।
यसैगरी ४५ करोड ७३ लाख २२ हजार २५५ कूल बजेट गरेको खार्पुनाथले आजको मितिसम्म २५ करोड ५४ लाख ११ हजार ८२७ रुपैयाँ ६० पैशा अर्थात ५५ दशमलव ८४ प्रतिशत रकम मात्र खर्च गरेको छ । उता ३३ करोड ६७ लाख ८१ हजार बजेट गरेको चंखेलीले १६ करोड ५४ लाख ५९ हजार ६६३ अर्थात ४९ दशमलव १२ प्रतिशत बजेट खर्च गरेको छ ।
४९ करोड ५७ लाख २५ हजार २४१ कूल बजेट गरेको सर्केगाडले अहिलेसम्म २१ करोड ९१ लाख ३९ हजार ७९ रुपैयाँ २० पैसा अर्थात ४४ दशमलव २० प्रतिशत बजेट खर्च गरेको छ ।
केष तथा लेखा नियन्त्रण कार्यालय हुम्लाका अनुसार ४२ करोड ६७ लाख ४९ हजार ७११ ब्जेट भएको नाम्खा गाउँपालिकाले १७ करोड ११ लाख ५३ हजार १५९ रुपैयाँ ४० पैशा अर्थात ४० दशमलव १० प्रतिशत मात्रै रकम खर्चिएको छ ।
नागरिकको चुल्होको सरकारका रुपमा रहेका स्थानीय तहहरुले वर्षको ११ महिना २० सम्म विकासे रकम खर्च नगरेर अनित्म साता असारे चपेटामा मात्रै यसरी रकम खर्च गर्नुलाई आर्थिक र शुसाशनका हिसाबले समेत निकै नराम्रो मान्ने परम्परा रहेको हुम्लाका सामाजिक अध्यता राजबहादुर रोकायाले टिप्पणी गरे ।
दैलो सरकारलाई स्थानीय नागरिकले समेत बजेट खर्चमा तदारुकता देखाउन नसक्नुलाई नागरिकको पनि व्यवास्ता गरेको प्रतिक्रिया दिएका रोकायाले जबसम्म असारको मसान्तमा बजेट खर्चलाई विकास मान्ने प्रवृतीको अन्त नभएसम्म देशले लिएको विकासको दिगोपनालाई स्थायीत्व दिन सकिदैन ।
आर्थिक वर्षका ११ महिना २० दिन चुप लागेर बस्ने तर अन्तमा विकासका लागि तान्ने स्थानीय सरकारले पनि आफूलाई नागरिक र विकास मैत्री बनाउन नसकेको जिल्ला समन्वय समितिका प्रमुख शिवराज शर्माले बताए । ‘हामीले शुरुदेखि नैं विकासका गतिविधि बढाउन गाउँपालिकालाई निकै तताउने काम गर्यौ’ प्रमुख शर्माले भने ‘तर गाउँपालिकाको नेतृत्व अधिकांश जिल्ला बाहिर रहने प्रवृती नहटेपति बजेटको खर्च असारको अन्तिम सातामा मात्रै केन्द्रीत हुने प्रवृती यो वर्षपनि पुनरावृती भएको हो ।’