सिमकोट । हुम्लालाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने एक मात्र राष्ट्रिय गौरवको आयोजना कर्णाली कोरिडोरमा टेफिोनको टावर नहुँदा नयाँवस्ती बनाएर बसेका नागरिकलाई सम्पर्क गर्न समस्या भएको छ ।
जिल्लाका अन्य क्षेत्रमा नेपाल टेलिकमका टावरले काम गरेपनि कोरिडोर क्षेत्रमा टावर नहुने र भएका टावरको नेटवर्क नपुग्ने भएपछि त्यहाँका नागरिकलाई सम्पर्क गर्नमा समस्इा भएको कोरिडोर अन्तरगत अदानचुली १ को दोमुखमा पसल गरेर बस्नु भएका छत्त महताराले बताउनुभयो ।
‘कर्णालीको तिरमा फोन लाग्ने व्यवस्था अहिलेसम्म कतैबाट पनि भएको छैन् । कर्णाली कोरिडोरलार्य राजमार्ग हो भन्छन् तर यहाँ केहि घटना घट्यो भनेपनि खबर गर्न फोन लाग्दैन’ उनले थपे, ‘कसैसँग सम्पर्क गरौ भन्दापनि कि लामो तार मोवाइलमा बाँधेर कोठाको छतमाथि राख्नु पर्छ हैन भने निकै माथि पाखामा गएपछि मात्रै थोरै नेटवर्क आउँछ त्यहि बाट सम्पर्क गर्नुपर्ने बाध्यता हामीलाई छ ।’
सुर्खेतबाट कर्णालीको तिरैतिर लगिएको कोरिडोरको हुम्लासम्मै अधिकांश नयाँ वस्तीहरु ब्सेका छन् । नयाँ वस्तीलाई लक्षित गरेर कतैपनि फोनका टावर राख्ने काम नभएकाले पनि कोरिडोरमा टेलिफोनको नेटवर्क नटिपेर हैरानी खेप्नु परेको अनुभव हुम्लाको तुम्च कन्याउरीमा पसल गरेर बसेका वुमे थापाको छ ।
‘केहि वर्ष पहिले वस्तीलाई केन्द्रित गरेर राखिएका टावरहरुको नेटवर्क सादा मोवाइल सेटमा कुनै बेला भ्mाप्पझ्ुप्प देखिएपनि फोन लाग्न निकै समस्या छ’, थापाले अन्नपूर्ण भने ‘अघिपछि त फोन नलागेपनि ठिकै थियो आफन्त बिरामी पर्दा, कोरिडोरमा कुनै घटना घट्दा भने निकै नैं सकस हुन्छ । यो बारेमा हाम्रा गाउँपालिका, प्रदेश सरकार र नेपाल सरकारले ध्यान दिनैं पर्छ ।’
पछिल्लो समय देशभरका सबै अधिकांश जिल्लामा फोर ४ जि टावर सञ्चालन भएपनि कर्णाली कोरिडोरको लालु खुलालू माथिका कुनैपनि स्थानमा टु जिको समेत टावर नभएपछि गाडी चलाउँदा कुनै समस्या परे खबर गर्न निकै गाह्रो हुने गएको चार वर्षदेखि कोरिडोरमा बलेरो जिप चलाउदैं आएका बाजुराका प्रकाश शाही बताउँछन् ।
उनका अनुसार कोरिडोरको कालीकोट र बाजुरा जिल्लामा पर्ने खण्डमा मोवाइलको सादा सेटमा फोनको नेटवर्क टिपेपनि हुम्लाको कुनैपनि क्षेत्रमा फोन नटिप्दा सवारी चालक, यात्रु र कोरिडोरका वासिन्दालाई निकै नैं सकस हुने गरेको छ ।
करिडोर अन्तरगत बाजुरा र हुम्लाको सिमाना कवाडी हुम्लाको दोमुख, भिई घाड, गल्फागाड, मकै, तल्लो तुम्च, बालुकुना, खच्चा, सरिसल्ला, छारे सुनाखाडा लागयतका क्षेत्रमा नयाँ वस्ती शुरु भएको छ । तरपनि सबै क्षेत्रमा फोनको नेटवर्क नटिप्दा एक आपसमा खबर गर्न निकै समस्या भएको हो ।