भिमबहादुर परियार
सुर्खेत । वर्षको एक पटक आउने चाडपर्व (दशैं)मा घर आएका कर्णाली प्रदेशका हिमाली जिल्लाका नागरिकहरुको यातायता दलको कहर अँझैं काटिएको छैन् ।
गएको कार्तिक ७ गते परेको दशैंको टिका थाप्न जन्म घर गएका कर्णालीका दुर्गम जिल्ला हुम्ला, मुगु, जुम्ला, कालिकोट, डोल्पा सल्यान, रुकुमपश्चिम, जाजरकोट जिल्लाका विभिन्न गाँउका नागारीकहरु दशैं सकिए लगत्तै कर्मथलो (जिल्ला बाहिर) फर्किन थालेका छन् ।
दशैं सकिएसँगै घरबाट फर्किनेहरुको चाप बढ्दैं छ । विदा सकेर काममा फर्किनु पर्ने हतारो, शैक्षिक संस्थाको पढाई छुट्ने डर लगायतका समस्याले घरबाट कर्मस्थल फर्किन जति हतार छ त्यति नैं कर्णालीका नागरिकलाई गन्तव्यसम्म कसरी यातायातको जोहो गर्ने भन्ने चिन्ताले पिरोलेको छ । वर्ष दिनको चाडमा घर गएका कर्णालीका नागरिकलाई घर जाँदा र फर्किदा हुने साँस्तीले आफूहरुलाई निकै तिता अनुभव हुने गरेको बताउँदै सिमकोट विमानस्थलमा जहाजको टिकटको पखाईमा बसेको राजबहादुर परियारले गीतका टुक्का गुनगनाउँदैं भनेः
‘रेलको बाटो पुग्दै छरे, तिमि बस्ने सहरैमा,
हुम्ला कहिले मोटर आउँला, बसेको छु रहरैमा ।
लेखराज गिरीको शब्द, सुरज पण्डितको स्वर र संगीतमा सार्वजनिक भएको ‘रेलको बाटो’ गीतलेको बोलले इंगित गरेका शब्दको भाव जस्तै हामी हुम्लीको आवतजावतको पिंडा छ ।’
‘यो गीतलको बोल जस्तैं राष्ट्रिय सडक सञ्जालमा नजोडिएको नेपालको एकमात्र जिल्ला हुम्लाका नागरिकालाई यो पिंडा अँझ खेपी नसक्नु छ । दक्षिणका केहि वस्ती वाहेक अहिलेसम्म पनि हुम्लाको अधिकांश भूभागमा मोटारबाटो पुगेको छैन् । मोटरबाटो पुगेका ठाँउका नागरीकहरुलाई चाडपर्वमा आवतजावत गर्न कम्तीको मुष्किल छैन् । मोटारबाटो नपुगेका कर्णालीका अख्न्य वस्तीका नागरीकलाई पनि रेलको बाटो बोलको गित गाएर आप्mना पिंडा पोख्नुको विकल्प छैन्’ टिकट नपाएको गुनाशो गर्दै परियारे थपे ।
नेपालका ७७ जिल्लामध्ये राष्ट्रिय सडक सञ्जालमा नजोडिएको जिल्ला सदरमुकाम हुम्लाको सिमकोट मात्रै हो । जहाँको आवतजावतको निर्विकल्पीक यातायातको माध्यम हवाई उडान मात्र हो । जुन निजि विमान कम्पनीहरुले अन्यत्रको व्यावापर छोपेर बचेको समयलाई मात्र कर्णालीमा सदुपयोग गरेका छन् । हवाई उडानको भरमा जिल्ला बाहिर (सुर्खेत, नेपालगञ्ज र काठमाडौं)का अस्पतालमा आप्mनो उपचारलाई पर्खेका कर्णालीका हिमाली जिल्लाका बिरामीहरुलाई लिन काल आउँछ तर दुर्गम जिल्लाको नाम भजाएर सरकारबाट अनुमती लिने तर सर्वदा आप्mनो व्यापारलाई मात्रै दाउ राख्ने विमान कम्पनीहरुका जहाज नआउने समस्या सदियौं देखि खिल झैं गडेर रहेको भनाई चंखेली–१ बोहोराबाडामा तिलक बोहोराको छ ।
‘भरपर्दो सडक सञ्जालसँग नजोडिएको हुम्ला, मुगु, डोल्पामा सेवा दिँदै आएका निजी विमान कम्पनीहरुले पूर्वका जिल्लाबाट बचेको समय मात्रै कर्णालीमा उडान भर्ने, त्यसमा पनि टिक वितरण प्रर्णाली मनपरी गर्ने गेका कारण जिल्ला भित्रिने जिल्लाबाट बाहिरिने यात्रुहरुका लागि जहिले पनि समस्या हुने गरेको छ’ उनले भने, ‘नेपालगञ्ज, सुर्खेतदेखि जिल्ला आउने र जिल्लाबाट सुर्खेत नेपालगञ्ज झर्ने टिकट वितरण प्रर्णाी पारदर्शी नभएकै कारण दुर्गमका नागरिकले वर्षेनी सास्ती खेप्नु परेको हो ।’
गएको एक हप्तादेखि टिकटका लागि हुम्लाको सिमकोट विमानस्थलमा पुगे पनि फोनका आधारमा पहुँचवालाले मात्रै टिकट पाउने गरेको यात्रु राजबहादुर परियारले गुनासो गरे । निजी एयरलाइन्सले नियमविपरीत उडान गर्दा सबैभन्दा बढी गरिव, निमुखा र विद्यार्थी मर्कामा परेको भनाई उनको छ । गरीब, निमुखा र विद्यार्थीको पहुँच निजि विमान कम्पनीका कर्मचारीसँग नहुने, कर्मचारीहरुले पहुँचमा नभएकालाई टिकट नदिने गरेकै कारण दुर्गममा जहिलेपनि आउजाउँको समस्या टाउको दुःखाईको विषय बन्ने गरेको बताएका परियारले आउँदो कात्तिक १८ गते हुने शिक्षाकको अध्यापन अनुमतिपत्र (लाइसेन्स)को परीक्षा दिन सुर्खेत जाने, दशैंमा घर आएकाहरुलाई समयमा कर्मथलो फर्किन नपाउँदाको पिंडाले निकै सताउने गरेको छ ।
टिकटका लागि हरेक दिन सिमकोट विमानस्थल धाउने तर अपरान्ह रित्तो हात कोठा फर्कने गरेका खार्पुनाथ गाउँपालिका–३ का हस्ता रावलले टिकटका लागि हप्तादिन धाउँदा पनि नपाएको दुःखेसो पोखे । निजी एयरलाइन्सका कर्मचारीले आप्mनो कुरा पनि नसुन्ने र काउन्टरबाट टिकट पनि वितरण नगर्ने गरेकैं कारण सर्वसाधरणले धोका पाउने गरेको बताएका रावललाई टिकटको समस्याले कर्णालीका नागरिकलाई वर्षको एक पटक आउने दशैं दशा बनेरै आउने गरेको हो कि जस्तो लाग्छ ।
तीन, चार दिनको अन्तरालमा एउटा उडान भर्ने निजी हवाई कम्पनीले कोठा र फोनबाटैं टिकट वितरण गर्न थालेपछि सर्वसाधारणलाई सास्ती हुने गरेको उज्वल परियारले बताए ।
नियमित उडान नहुँदा समस्या
नेपालगन्जबाट हुम्लाका लागि समिट एयरले दैनिक एक–दुई उडान भरे पनि निजी एयरलाइन्सका जहाज सीता, ताराले नियमित उडान नभरेपछि हुम्ला, मुगु, डोल्पा र जुम्लाका नागरिकको यात्रा थप सकसपूर्ण बन्दै गएको छ । विदेशी नागरिक बोक्न सीता, तारा एयरको जहाज पूर्वतर्फ केन्द्रित छन् । समिट एयरले दशैँ अवधिभर नियमित उडान गर्दा जिल्ला भित्रिने र जिल्लाबाहिर जाने यात्रुलाई केही सहज भएको थियो तर अहिले उक्त जहाजले पनि पहिलेको तुलनामा कम उडान भर्न लागेपछि समस्या भएको सर्केगाड गाउँपालिका–२ रिपका राजेश परियारले बताए ।
जहाजको भाडा होटेल खर्चमै तिर्न ठिक्क
सिमकोटबाट नेपालगन्जसम्म पुग्न निजी एयरलाइन्स कम्पनीहरूले प्रतिव्यक्ति नौ हजार एक सय २० रुपैयाँ लिने गरेका छन् भने सुर्खेतका लागि सात हजार एक सय १५ रुपैयाँ असुल गर्दै आएका छन् । त्यही भाडापनि सदरमुकाम सिमकोटका होटेलमा बसेको र खाएको खर्च तिर्नमै ठिक्क भएपछि विद्यार्थीहरुलाई थप आर्थिक समस्याले पिरल्ने गरेको छ ।
‘पहिले भन्दा निकै महंगो भाडा छ, त्यहिपनि घरमा हारगुहार गरेर, ऋण काडेर जुगाड गरेर ल्याएको हुन्छ । त्यही भाडापनि समयमा टिकट नपाएपछि होटेल वास बढेका कारण होटेलमै ठिक्क हुने भएपछि हामीलाई कसरी काठमाडौं जाउँ भन्ने एकपछि अर्को समस्या थपिने गरेको छ’, अध्ययनका लागि काठमाडौं जान सिमकोट पुगेका राजेश परियारले भने ।
महँगो मूल्यको जहज टिकट भएपछि सर्वसाधारण नागरिकले सहजै टिकट पाउँदैनन् । सरकारी स्वामित्वको नेपाल एयरलाइन्स आफ्नो सेडुलअनुसार मुश्किलले साताको दुई उडान मात्रै भरेको छ ।
जहाज टिकट भनेको समयमा नपाउँदा होटेलमा खाँदै सकिने गरेको छ । बिहान–बेलुका खाना र वासमा जहाजभाडा सकिने गरेको सिमकोट गाउँपालिका– ८ का कृष्णबहादुर शाहीले जानकारी दिए । ‘खानासँग मासु खान मन लागिहाल्छ, ३५० बिहान ३५० बेलुका गर्दा नेपालगञ्ज जाने जहाजको भाडा होटेलमै तिर्नुपर्ने बाध्यतामा आफू रहेको हवाई टिकट नपाएर एकसाता देखि सिमकोटमै अड्कीएका यात्रुले बताउने गरेका छन् ।
हुम्लाका परीक्षार्थीहरूले दिए धर्ना
जहाजको टिकट नपाएपछि हुम्लामा परीक्षार्थीहरूले जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका छन्। कात्तिक १८ गते शनिबार हुन लागेको अध्यापन अनुमतिपत्रको परीक्षाका परीक्षार्थीहरूले धर्ना दिएका हुन् ।
निजी एयरलाइन्सका जहाजहरूले मनपरी र भनसुनका आधारमा टिकट वितरण गरेपछि उनीहरूले जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका हुन् ।
२७ परीक्षार्थीहरूले प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेललाई ध्यानाकर्षणसमेत गराएका थिए। धर्ना दिएसँगै शुक्रबार बिहान नेपाल एयरलाइन्सले १४ र समिट एयरलाइन्सले १३ परीक्षार्थीलाई जहाज टिकट दिने सहमति भएको छ ।
स्थलमार्गमा पनि उस्तै सास्ती
सडक यातायातको सञ्जालमा जोडिएका कर्णालीका गाउँका नागरिकहरुलाई कार्यस्थलमा फर्किन पनि उस्तै समस्या छ ।
भर्खर ट्रयाक खोलिएका गाउँमा सहज रुपमा आवतजावत गर्न यातायतका साधन नपाइने भएपछि घर गएका नागरिकलाई काममा फर्कन निकै समस्या हुने गरेको युवा संघको पदाधिकारी बैठकमा डोल्पा पुगेका हुम्लाको अदानचुलीका मोहन बुढाले जानकारी दिए ।
‘सडक पुगेको भनिएका ठाउँको अवस्था पनि उस्तै रहेछ’, उनले भने ‘दशैँमा घर गएका डोल्पाका नागरिकलाई आफू काम गर्ने र अध्ययन गर्ने स्थानमा फर्कन पनि निकै सकस छ । भनेको बेला न त गाडी भेटिन्छ न हिड्न नैं संभव छ ।’
दशैंमा घर गएकाहरुलाई फर्कन मात्रै होइन कर्णालीका हिमाली जिल्लाका हरुका बिरामीलाई उपचारका लागि सुर्खेत नेपालगञ्ज जानपनि निकै समस्या छ । लामो समय पेटको रोगले थला परेका शोरु गाउँपालिका ४ भिई बैना गाउँका रणवीरे कार्कीलाई सुर्खेत पुग्न निकै सास्ती भयो । स्थानीय स्वास्थ्य संस्थामा उपचार संभव नभएपछि सुर्खेत जान भनेको एक महिना भयो । तर गाउँबाट सुर्खेत जान यातायातको साधन नभेटेपछि निकै बेर गाउँमै बिरामीको पिंडा सहेर बस्नु परेको दुःखेसो कार्कीले गरे ।
‘एक भनेको समयमा गाडी नपाउने । कतै पाइहाले पनि मुखमी नहाल्नु (निकै महंङ्गो)भाडा भन्ने गरेका कारण हामी जस्ता दुखीदाल्दीलाई सडक पुगेरपनि खासै सहज भएन’ कार्कीले थपे ‘बाटोमा पनि ठाउँठाउँमा रोक्ने, अनावश्यक यात्रुलाई ढिला गर्ने कारणले पनि कर्णालीवासीलाई हैरानी व्यहोर्नु परिरहेको छ ।’
सडक सञ्जालमा जोडिएको हुम्लाको दक्षिण भेग, मुगु, जुम्ला, डोल्पा लगायतका जिल्लाका नागरिकले यस्तो समस्या झेल्नु परेको छ ।
सुर्खेतमा बसकोे टिकट नपाउनैं मुश्किल
दशैँ तिहारमा घर आएका कर्णालीका हिमाली जिल्लाका नागरिकलाई मात्र होइन राजधानी सुर्खेत पुगेको यात्रुलाई पनि प्रदेश बाहिर (काठमाडौं, पोखरा लगायतका शहरमा) जाने बसको टिकट नपाएर समस्या भएको छ ।
कर्णालीका विभिन्न जिल्लाबाट कयौँ दुःख झेल्दै वीरेन्द्रनगर सुर्खेत पुगेका कर्णालीका नागरिकलाई भनेको समयमा बसकोे टिकट नपाएपनि थप साँस्ती खेप्नु परेको छ । चाडपर्वमा घरमा आउनु भनेको ठिक्कै सजाय दिनु बराबर भएको आठबिस नगरपालिका–८ दैलेखका प्रमोदकुमार बढुवालले बताए । ‘काठमाडाँै जानकालागी दैलेखबाट आएकोे सुर्खेत बसपार्कमा टिकट नाएर भौतारी रहेका छन्’, उनले भने ‘आउदाँ पनि उस्तै दुःख जाँदा पनि उस्तै छ के गर्नु ? नआम भने चाडपर्व आएपछि हजारौं दुःख छिचोल्नु पर्ने बाध्यता हामी कर्णालीका नागरिकको नियती नैं भयो ।’
भाई र आफू काठमाडौँ बस्दै आएको बताउने बढुवालले २१ गते वैदेशीक रोजगारका लागि दुबईको भाईको टिकट छ, भाईलाई लगेर छिटो काठमाडौँ जान खोजेर सुर्खेत बसपार्कमा टिकट नपाएर बस्नु परेकोमा दुःख व्यक्त गरे । ‘गाँउबाट आउँदा पनि सिट नपाउँदा उभिएर आइयो । यताबाट काठमाडौं जान सहज होला भनेको त । फेरी यहाँ (सुर्खेत) पनि अवस्था उस्तै रहेछ । प्रदेश राजधानीकै त हालत यस्तो छ अन्यत्रको हालत झन कस्तो होला ?’ उनले प्रश्न गरे ।
बाबिया चौरकै आलोप बास्तोलाले काठमाडाँै जाने भनेर आफूसहित ३ जनाको टिकट काटे तर उही सिटमा काउन्टरले डबल काटेको रहेछ । त्यसपछि छिटो बसपार्क पुगेका कारण उनीहरु गए हामी जान पाएनौं । ‘काउन्टरवाले अरु गाडीमा पठाई दिन्छु भन्यो तर अहिलेसम्म जान पाएका छैनौं’ उनले थपे ‘आज बिहानदेखि ३ वटा गाडी हेरिसके तर कुनैमा पनि सिट नहुँदा जान पाएका छैनौं । सबैतिर टिकटको निकै समस्या रहेछसास्ती भएको उनले बताए । अहिले पनि कुन गाडीमा जाने भन्ने टुंगो नलागेको उनले गुनासो गरे ।’
सामाजिक सञ्जालमा ठेकेदार सांसदको खोजी
सुदूरपश्चिमका कैलाली र डोटीदेखि कर्णालीको राजधानी वीरेन्द्रनगरसँग जोड्ने निकै चर्चामा रहेको मदन भण्डारी राजमार्गको यात्रुलाई आवतजावतमा समस्या भएपछि सामाजिक सञ्जालमा बाटो निर्माणको जिल्ला लिएका ठेकदार साँसदको खोजि भएको छ ।
सडक निमार्णको जिम्मा लिएका ठेकदार कम्पनीका प्रोप्राइटर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि बाटो निर्माणको कामले तिब्रता पाउनु पर्नेमा थप बिलम्ब भएपछि ठेकदार साँसदको खोजिकार्य नागरिक स्तरबाटै भएको हो ।
ठेक्काको जिम्मा लिएको समय बित्न लाग्दा समेत काम अघि नबढेपछि स्थानीय नागरिकले प्रतिनिधिसभा सदस्य दीक्पालकुमार शाहीको तस्बिरसहितको पोस्टर रुखमा टाँस्दै नैतिकताको प्रश्न उठाएका छन् ।
प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरको विकासले तिब्रता पाएको बेला जिल्लाको पश्चिमी क्षेत्र अझै बिरानो देश जस्तै बनेपछि स्थानीयले ठेक्काको जिम्मा लिएका ठेकदार साँसदको खोजि गरेका हुन् । सुर्खेतको पश्चिम क्षेत्रमा नत राम्रो खाने पानी छ, न राम्रो विद्युत छ त सकडकको निर्माण नै सोचे अनुरुप छ । सुर्खेतको पश्चिमी नागरिकलाई सडक असुविधाका कारण जिल्ला सदरमुकाम वीरेन्द्रनगर पनि टाढाजस्तो लाग्छ । एउटै जिल्लाका नागरिकले पनि निकै कष्टकर यात्रा गर्नु पर्ने बाध्यताले आफूलाई विभेद भएको महशुस सुर्खेत पश्चिमका नागरिकले गरेका छन् ।
सडकको ट्रयाक खोल्नुभन्दा पहिला पश्चिमका जनता पैदलै यात्रा गरेर जिल्ला सदरमुकाम वीरेन्द्रनगर आउँजाउँ गर्थे । ०४९ सालमा ट्रयाक खुलेको यो सडकमा ०५१ सालदेखिनै गाडी चल्न सुरु भएको हो । तर, जीर्ण सडकका कारण पश्चिम सुर्खेतका जनताको मन अझै रमाउन सकिरहेको छैन । सरकारले सडक विकासमा ध्यान नदिएको नागरिकहरूको गुनासो छ । बड्डीचौर–बेनीघाटसम्म ९४ किलोमिटर लम्बाई रहेको यो सडकलाई देखाएर नेताहरूले राजनीति गरिरहेको स्थानीय बुद्धिजीवीहरू बताउँछन् ।
यस्ता घटनात बाहीर आएका प्रतिनिधि घटनामात्र हुन् चाडपर्वमा घर आउदा र जाँदा कर्णालीका १० वटै जिल्लाका नागरीकले सास्ती खेपिरहनु परेको अवस्था छ ।