जाजरकोट । नेकपा (एमाले) भुकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुम पश्चिममा सुरक्षित आवास निर्माणमा जुट्न भएको छ ।
कार्तिक १७ गते गएको विनाशकारी भुकम्पले क्षती गरेका अवासहरुको सुरक्षित निर्माण गर्न एक हजार स्वयंसेवक परिचालन गर्ने केन्द्रीय निर्णय अनुसार एमालेले जाजरकोट र रुकुमपश्चिममा सुरक्षित आवास निर्माणको काम शुरुवात गर्ने तयारी थालेको छ ।
केन्द्रीय निर्णयलाई कार्यान्वयन गर्न एमाले कर्णाली प्रदेश कमिटिको पदाधिकारी बैठकले गरेको निर्णय अनुसार जिल्ला कमिटि जाजरकोट र रुकुमपश्चिमका बैठकहरु सम्पन्न भएका छन् ।
एमाले स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश सभा प्रतिपक्ष दलका नेता यामलाल कँडेलको प्रमुख आतित्थ्यमा बसेको बैठकले भुकम्पले क्षती गरेका जाजरकोट र रुकुमपश्चिमका नागरिकका सुरक्षित आवाश निर्माणको काम आगामी मंसिर १ गतेदेखि शुरुवात गर्ने निर्णय गरेको छ ।
‘पार्टीको तर्फबाट मंसिर १ गते देखि परिचालन हुने स्वयमसेवकलाई परिचालन गर्न वडा तह सम्म संयोजक सहित बढीमा ४ सदस्य समिति बनाउने निर्णय गरेको छ’ बैठकपछि स्थायी कमिटि सदस्य कँडेलले भन्नुभयो ‘कात्तिक १७ गते जाजरकोटको बारेकोट गाउँपालिका–१ रामिडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पका कारण कर्णालीमा ६५ हजार भन्दा बढी घरहरुमा क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । उक्त प्रारम्भिक अनुमानका आधारमा नागरिकलाई खुला आकामा बस्न बाट बचाउन एमालेले सुरक्षित आवाश निर्माण गर्ने योजना मुताविक सिङ्गो पार्टी कमिटिलाई परिचालन गर्ने निर्णय गरेका छौं ।’
नेता कँडेलका अनाुसार बैठकले आगामी मंसिर १४ गते देखि सुरू हुने ‘झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिका लागि सङ्कल्प यात्रा’ सफल पार्नपनि जिल्ला र स्थानीय पार्टी कमिटीलाई परिचालन गर्ने निर्णय गरेको छ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली आउने उक्त कार्यक्रमलाई सफल बनाउन काममा लाग्न बैठकमा उहाँले निर्देशन दिनुभयो ।
‘पार्टीको केन्द्रीय नेतृत्वसहित समृद्ध नेपालका लागि सङ्कल्प यात्रा आगामी मंसिर १४ गते शुरु गर्दै । त्यसलाई सफल पार्न यात्रा यात्राको रुढ पर्ने जिल्ला र स्थानीय तहका पार्टी कमिटिहरुलाई पूर्णरुपमा परिचालन गर्नतर्फ केन्द्रीत हुन जरुरी छ’, बैठकमा स्थायी कमिटि सदस्य कँडेलले निर्देशन दिदैं भन्नुभयो ।
बैठकमा नेकपा (एमाले) पोलिटब्युरो सदस्य भैरबसुन्दर श्रेष्ठ, लक्ष्मी पोखरेल, कर्णाली प्रदेश अध्यक्ष गुलावजंग शाह, उपाध्यक्ष टेकराज पछाई, सचिव धुर्वकुमार शाही र उप–सचिव रमेशकुमार शाही लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।