‘साँझका पाउना देउता सरी’ मान्ने हाम्रो नेपाली समाजमा साँझ सात बजेपनि नयाँ पाउनालाई घरमा प्रवेश गर्न प्रतिबन्ध गर्ने गाउँ भन्ने सुन्दै पनि तपाईलाई अचम्म लाग्नसक्छ । तर अचम्म नमान्नुहोस् । यस्तो गाउँ हाम्रै देशमा छ ।
गाउँमा भोगेको वास्तविकतालाई अनुच्छेदमा लिपिबद्ध गर्दै गर्दा प्रत्यक्ष अनुभवीका नाताले आफैलाई त पत्यार लाग्न गाह्रो लागेको छ भने तपाईलाई विश्वाश नलाग्नु स्वभाविक पनि हो । तर कर्णाली प्रदेशको उच्च हिमाली जिल्ला हुम्लाको उत्तरी क्षेत्रमा रहेको नाम्खा गाउँपालिका अन्तरगतको तिल गाउँ त्यसको ज्वलन्त उदारहण हो ।
तिलगाउँ सबै लामा समुदायको वस्ती भएको गाउँ हो । उत्तर तिरको छिमेकी मुलुक चिनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएको यो गाउँमा साँझ सात पछि जो जस्ता पाहुना गएपनि घरमा छिर्न बन्देज छ । यस्तो अनौठो प्रचलन आप्mनै जन्म र कर्मथलो भएको हुम्ला जिल्लामै भएपनि नभोगेको र कतै पढ्न पनि नपाएकोले खासै प्रकाशमा आएको थिएन ।
तर सञ्चारकर्मीका रुपमा नाम्खा गाउँपालिकाले गएको भदौं १९ र २० गते आयोजना गरेको लिमी महोत्सवमा सहभागि हुन हिल्साबाट पैदल हुदैं पर्यटन महोत्सव स्थलतर्फ जाने क्रममा प्रत्यक्ष भोग्दा मात्रै यो अनौठोपन थाहा भयो । तिल गाउँमा त साँच्चीकै साँझ सात बजेपछि नयाँ मान्छेका लागि वास त के घरमा प्रवेश निषेध नै रहेछ ।
लिमी महोत्सवमा सहभागि हुने र आफु नगएको ठाउँ लिमी भ्रमण गर्ने अवसर एक रिर्पोटरका लागि कम्ती उत्साहको विषय होइन् । त्यसबाट हामी अछुत रहने झन कुरै भएन । थोरै जाडो, धेरै उत्साहले सदरमुकाम सिमकोटबाट हेलिकप्टरको यात्रा तय गरेका हामी अपरान्हको एक बजे लिमीको बाटो समात्यौं । हिल्सा देखि करिब २ घण्टाको यात्रा पश्चात टोपी खस्ने ४ हजार ८२ मिटरको खम्बा जस्तै आकार भएकोले कावाला (कावा भनेको खम्बा र ला लेक) नामाकरण गरिएको मुत्छे लेक काटेपछि तीन बजे टुप्पोमा पुगियो । जब यात्रा टुप्पोमा पुग्यो हामीमा उत्साह र चिसो सँगै थकान पनि थपियो ।
मुत्छेको लेकबाट घरी हिड्ने त घरी थकाई मार्दै हामी तिलको यात्रामा लम्कीयौ । हुम्लाको रैथाने भनिएपनि लामो पैदाल यात्राबाट केही समय टाढा भएको नाताले थकान र जोडोले हामीमाथि निकै हस्तक्षेकारी रुपमा डेरा जमाउँदै गएको थियो ।
जब हाम्रा कदम माने प्यामे गुम्बा छेउछाउ पुगे तब सयौको संख्यामा जंगली नावर आप्mना नावालक सहित परेड खेलेको आप्mनै आँखाले अवलोकन गर्ने मौका हाम्रा लागी निकै उत्साह र एतिहाँसिक बन्यो । आफूभन्दा चेतना, उमेर देखि सबै हिसाबले कान्छा नावरका पाठापाठीको परेडले मनमनै हामीलाई निकै डहामात्रै भएन बाँकी बाटो नाप्ने थप हौसला समेत पैदा भयो ।
मन्द भोक, दम्दार थकान अनी सँगै मौलाएको जाडोका बिच सबैले काँधमा बोकेका क्यामरामा पाटन र खोलामा परेड खेल्दै गरेका कान्छा नावरका तस्बीर र दृश्य कैद गर्न खर्च भएका ६० मनेट त सानो छँदा वावाले पसलबाट किनेर दिएका ५ वटा चक्लेट भन्दापनि कम भएको महशुस भयो ।
बाटोका निकै अपरिचित हामी सबैका लागि बाटो र समयलाई सँगसँगै लिनुको बाध्यताका बिच कदम अघि बढाउनुको विकल्प थिएन ।
अनिदो भएको रातको निद्रामा देखेको सपनीको दृश्य झै लाग्ने वातावरण, वरिपरि फुलेका फुल र विजनावरको दृश्यले मोहति हामी आप्mना आँखालाई बाटो बाहिर कुदाउँदै अघि लाग्यौ । लगातारको साढे ४ घण्टाको पैदल यात्रापछि हामी तिल गाउँको आसपास पुग्यौ । दिनभरको थकानसँगैको जाडोले लखतरान परेका हामी गाउँमा पुगेपछि न्यानो वास र तातो गाँस पाउने आशले रमाउदै थप बाटो काट्न उत्साहित भयौं ।
हामी जब तिल गाउँ भएर बग्ने तिल गाण (खोला) देखिने चौर पुग्यौ तब तिलगाउँमा बलेको आगोको गन्ध आयो । रातीको ८ बजेको अँध्यारोमा मोबाइलको लाइट बालेर गएका हामी गाउँको न्यानो घरमा बस्दा दिनभरको थकान बिसाउने आशलाई तिल गाउँको घरभित्र बलेको बत्तीले थप हिड्ने हौसला पैदा गरायो ।
जब रातको सवा आठ बज्यो तब हामी तिल गाउँको गेट चुम्यौ । लाग्थ्यो तिल गाउँको छेवैमा लगाएको गेटले हामीलाई अबिर फलमाला र तातो नाक्ताङ्ग (भोटे चिया) ले पर्खेको छ । मैले थाहा पाएसम्म लामा समुदायले आप्mनो गाउँमा प्रवेश गर्ने विन्दुमा गुम्बा जस्तै कलात्मक गेट बनाउने प्रचलने हुम्लाका लामाहरुको परम्परागत सँस्कार हो ।
गाउँको छेउमै लगाएको गुम्बा शैलीको स्वागत गेट प्रवेश गरेर हामी गाउँको सबैभन्दा छेउको घर पुग्यौं । छेउको घर भित्र अञ्दाजी ६५ वर्षे बुढी आमा देखेपछि उहाँसँग बोल्न हामीले सँगैका नेपाल पत्रकार महासंघका हुम्ला अध्यक्ष अर्जुन बोहरालाई अघि साह्रयौ । लामा भाषामा अली जानकार भएका बोहराले ति बुढी आमालाई अजी (दिदी).... ! आँ..ओ.. (आमा) ! भनेर कराए । बोहराको आवाज सुनेपछि ति बुढी आमाले छिनभरमै हामी पट्टी भएको भ्mयाल खोल्नु भयो । एकछिन हामीलाई हेर्नु भयो तर बिडम्बना कुनै शब्द नबोलेरै भ्mवाप्प भ्mयालै बन्द गर्नुभयो । अनी हाम्रो न्यानो घरमा वासबस्ने बलियो आश छिन भरमै ‘पहिलो गाँसमै ढुङ्गामा’ परिणत भयो ।
पहिलो घरमै वास्ता नपाएका हामीले एकआपसमा मुखामुख गर्यौ । तर वासको खोजी गर्ने हाम्रो क्रम भने जारी रह्यो ।
झण्डै ६० घर भएको तिल गाउँलाई राती साढे आठ बजेको समयमा पनि वास माग्ने निहुँमा हामीले छिचोल्न छोडेनौं । जुन घरमा बत्ती बलेको प्रकाश र मान्छे बोलेको आवाज आउँछ त्यही घरको दैलोमा गएर चर्को श्वरमा अजी (दिदी) ! आँ..ओ.. (आमा) ! आया.. (वुवा) ... ! आजु..... (दाई) ! भनेर सबै जनाले पालैपालो करायौ ।
हामीले आप्mनो वासस्थानका लागि लिमीका लामा जातीले स्दरमुकाम सिमकोटका वासिन्दालाई संबोधन गर्ने टाम्सो (सिमकोटी), टेवा (ठेहेवासी) जस्ता अनेक शब्दको उच्चारहण समेत गर्यौ । तर हामी कराएको आवाज सुन्ने बित्तिकै सबै घरमा झ्याल ढोका खोलेर छिनभरमै बन्द भए । हामीलाई वास दिने त कुरै छोडौ, घरभित्रको बलेको सोलारले हाम्रै कारण आफ्नो शक्ती प्रदर्शन गर्नबाट बञ्चित हुनु पर्यो ।
हामीले लगातार गाउँका ६ घरका ढोका ढकढक्यायौ । परिणाम, सबै घरमा ढोका खोल्नु भन्दा उल्टै सोलारबाट जन्म भएको उज्यालोको घाँटी निमोठियो । घरका ढोका चिहाउँदा चिहाउँदै थाकेका हामीलाई रातीको १० बजाउन बाध्य भयौ । रातको समयलाई आप्mनो उर्भर भूमिका रुपमा प्रयोग गर्दै गएको तिल गाउँको जाडो निकै लक्का जवान भयो ।
कहरिलो रात
दिनभरको थकान, भोकमाथि जाडोको जवानीले ग्रसित हामी घरका ढोका चिहाउने कामबाट आजित भयौ । रातको १० बजे आफूले स्वप्न लड्डुका रुपमा दिनभर स्वपान गरेको घर भित्र बस्ने आशलाई तिलाञ्जली दिदैं हामी गाउँको बिचमा भएको एक घरको घाँस राख्ने र तरकारी सुकाउने स्थललाई आप्mनो वासस्थानका रुपमा लिन बाध्य भयौ ।
जिल्लाका नाम चलेका पत्रकार भनिने हामीले रिर्पोटिङ्गका क्रममा न कुनै ठाउँमा वास नपाएर बाहिर बस्नु परेको थियो । नत खाना नपाएर भोकै सुत्नु परेको अनुभव गर्नु परेको थियो । तर अपरचित गाउँमा आफूत ठुलै नाम चलेका हौ भन्ने अहंकारीता पलाएका हामी बबुरा रिर्पोटरका लागि यो निकै नौलो र अनौठो अनुभव थियो ।
कुनै विकल्प नभएपछि तरकारी सुकाएको प्लाष्टिकको पाललाई बिछ्यौनाका रुपमा प्रयोग गरेर आधा घण्टा समय बितायौ । तिलखोलाको शुसाहट सङ्गितमा हाम्रो ज्यानलाई रङ्गमञ्चका रुपमा प्रयोग गर्दै जब तिलको जाडो बहुतै सक्रिय भयो । तब कारोबारमा काम गर्ने साथी रेशमको पेटमा मुशा दौडिन थालेछन् । सिमकोट देखि बोकेका १० वटा रोटीलाई हामीले हिल्सा देखि तिल पुगुञ्जेलसम्म पेटमा हुलि सकेका थियौ । खाने कुराको नाममा हामीसँग थियो त केवल छाउचाउ र बिस्कुट मात्र । भोगलागे टन्न रोटी र भात खाएको हाम्रो भाते बानीमा लागेको भोगलाई चाउचाउ र बिष्कुटले त टसकोमस गर्न सकेन ।
पेटमा लागेको भोक, हातको घडिका सुई र तिल खोलाबाट चलेको हावाबाट जन्मीएको जाडोमा को प्रथम हुने भनेर निकै ठूलो प्रतिष्पर्धा थियो । घडिको सुईले १२ को रेखामा के मात्रै छुन पुगेको थियो । चिसोले सबैलाई उछिन्यो । शुरुमा सामान्य तवरले पालमा पल्टेका हामीलाई छिनभरमै आयल कायल बनायो । जाडोले निकै सताएपछि झोलामा बोकेका सबै कपडा शरिरमा थोपर्दा समेत जाडो दुईको एक भएन ।
जुन वेला सिमकोट छोड्दै गर्दा बोकेको सिलिपिङ्ग ब्यागको झल्झल्ती याद मात्रै आएन कुनै ठाउँको रिर्पोटिङ्गमा जाँदा जो कसैले पनि एकसरो सबै कपडा बोक्नु पर्छ भन्ने अनुभव जीवन भरलाई गरायो ।
रातको साढे १२ बजे चिसो झन जोडतोडका साथ शरिरमा आक्रमण गर्दै थियो । तर हामी सबैले मुख खोल्न लाज मानेर जाडो नभए झै गरेका थियौं । त्यही वेला मित्र रेशमराज रोकायाले अब त अतिभयो भनेर उठे पछि गोरखा पत्र दैनिकका राजन रावतले सहनै नसकेर चिसो छिचोल्दै खित्का छोडे । चिसोले दाह्रा किड्केर भएपनि एक छिन हाँस्यौ ।
भेक र चिसो खप्नेमा अली कमजोर देखिएका रेशमले हिल्साबाट ल्याएको सलाई कोर्न छेउछाउका घरबाट दाउरा चोर्न भ्याय । १८ वटा काँटी खर्चिएर बल्ल आगो बाल्न सफल रेशमले बोलाएपछि साढे १ बजे हामी र आगो बिच भेट भयो । तिन वर्ष घरको चुल्होमा आगोले हात पोलेपछि नजहिले पनि आगो र धुँवादेखि तर्सिने मेरा लागि रातीको त्यो आगो आमाको दुध भन्दा अमृत लाग्यो ।
आगोको रापले एक छेउ तात्ने फेरी अर्को छेउ फ्रीजमा राखेजस्तै हुन थालेपछि फेरीफर्काई गरेर आगो ताप्दा चिसो र निदको फेरी प्रतिष्पर्धा भएछ । संभवत चिसोमाथि निदको बिजय भएछ क्यारे साढे २ पछि अगेनोको वरिपरी सेलरोड झै पल्टीएका हामी निदाए छों ।
बालेको आगो निभेर राप समेत सकिएपछि पुन बिजय यात्रामा चिसोले उछिनेपछि बिहानको ४ बजे हामी फेरी दाह्रा कड्कीदैं ब्यूझियौ । फेरी आगो जगाएर चिसो हटाउने धाउन्यामा लाग्दा लाग्दै बिहानको साढे ६ भयो । ६ बजे पुरै उल्यालो भैसकेको थियो । तिल खोलको पानीको आवाजमा डाँफे अन्य चराचुरुङ्गीका आवाजले राज गर्दै थिए । हामी बिहानको जाडोमा डाँफे र अन्य जीव जनावरा कराएको आवाजको मलम लगाउँदै थियौ । त्यसै बखत हामीले ओत लिएको घरकी घरबेटीले ढोका खोल्नु भयो ।
२ छोरा २ छोरीकी आमा ५० वर्षिय निमा तामाङ्गले घर बाहिर निस्कीए पछि हामीलाई देखेपछि आश्चार्य मान्दै जिब्रो टोक्नु भयो । लामो समय काठमाडौंको सेतोगुम्बामा भएको आप्mनै घरमा बस्ने तामाङ्गले हामीलाई बाहिर प्लाष्टीकको पालमा रात बिताएको थाहापाएपछि निकै प्रयश्चित गरिन ।
तामाङ्गको त्यस्तो प्रायश्चितले हामीलाई अघिल्लो रात ढोका नखोलेको घटनालाई ओझेल पार्यो । हामीले कराएको कसैले थाहा पाएन छन् के रे भने सामान्य अड्कल काड्दै न्यानो घरभित्र छिर्न पाएपछि मख्ख भयौ ।
घरमा छिरेको झण्डै आधा घण्टासम्म तामाङ्गले नाम्ताङ्ग र सातु दिएर हाम्रो रातभरको जाडो हटाउने उपाय निकालिन । रातको जाडो र अघिल्लो दिनदेखिको भोगले सिथिल बनेका हामीले जब शरिरमा केही राहात महशुश गरेपछि मात्रै थाहा पायौ । तिलमा साँझ सात पछि जस्तो मान्छे आएपछि ढोका नखोल्ने चलन रहेछ ।
उनले अमिलो मन गर्दै हामीलाई भनिन के गर्नु सर ! गाउँले बनाएको नियम हो यस्तै छ । गाउँका सबैले नियम पालनना गर्नु पर्छ । वर्षाको समयमा सबै पुरुष ताक्लोकोटमा हुने भएकाले घरमा बुढाबुढी र महिला मात्रै भएपछि आप्mनो आत्म र घरको धनमालको सुरक्षाका लागि परम्परागत रुपमा गाउँलले बनाएको नियमका कारण तिल गाउँका स्थानीयले सामुहिक नियम नै बनाएर साँझ ७ बजे पछि जस्तो मान्छे भएपनि ढोका नखोल्ने नियम बनाएको तामाङ्गले खुलासा गरिन । अनी हामी सबैले एकै श्वरमा भन्यौ “नियम थाहा नपाए हामीले त कहरपुर्ण रात बितायौ अब कसैले यस्तो अवस्था रात बिताउन नपरोस् । ”