महिला पुरुष एऊटै रथका
दुईटा पाङरा जस्तै,
बिश्व कहाँ पुगिसक्यो नेपाल जस्ता तस्तै
नेपाल अघि नबढेर पछि
लडेको छ,
लैङिक हिंसा दुर्ब्यबहार झनै
बढेको छ ।।
किन गर्छन यस्तो कुन्नि
आखिर थाहा पाई पाई ,
बेचिने यहाँ दिदि बहिनि बेच्ने
हाम्रै दाईभाई ,
कत्रो होला हिम्मत यिनको
मान्छे बिक्रि गर्ने,
यस्ता फटाहा चोर दलाल लाइ
जलाई मार्नु पर्ने।।
डर देखाँउछन धम्कि
दिन्छन धाक त्रास दिएर ,
कैयौँ महिला बेचिसके
बिदेशमा लिएर,
कुटपिट गर्छन चोट
पुर्याउँछन गर्छन जबर्जस्ति ,
ऐन बलियो नभएर यिनकै छ
मोजमस्ति।।
गरिबि र अशिक्षालेस हिंसा
बढ्दै आउँछन,
अन्धबिश्वास महिला माथि
बोक्सि को दोष लाउँछन,
छाउडिमा महिला गोठमा
पुरुष माथि घरमा,
श्रीमतिले बस्नु पर्ने श्रीमानको
डरमा।।
महिला लाई त पशु जस्तै
ब्यबहार गर्न थाले,
छोरा छोरिमा भेदभाब गर्छन
हाम्रै आमाबाले,
छोरा छोरि बरा बरि नारा
जुट्नु पर्छ,
कडा नियम कानुन सहित
माथि उठ्नुपर्छ।।
एकतामा बल हुन्छ सबैले
हात मिलाउँ,
महिलाको त्यो पिडित
मनलाई सँधै खुसि दिलाँउ ,
पुर्ब मेचि पश्चिम सिमा पर्छ
महाँकालि,
लैङगिक हिंसा अन्त्य गर्न
एकजुट हौँ नेपालि।।।
(दिपराज थापा अदानचसली १, कक्षा ९)