सिमकोट । अवातजावत र सामाग्री ढुवानीका लागि हवाई मार्ग एकमात्र विकल्प भएको हुम्लामा फेरी कार्गो दर बडेको छ ।
राष्ट्रिय सडक सञ्जालमा नजोडिएको नेपालको एकमात्र जिल्लाको उपमा पाएको हुम्लाका लागि नेपालगञ्ज, सुर्खेतबाट ढुवानी गर्दै आएका निजि विमानकम्पनीहरुले दैनिक उपभोग्य सामानको ढुवानी दर (कार्गो रेट)मा वृद्धि गरेका हुन् ।
हवाई इन्धनको मूल्य वृद्धि भएको भन्दै विमानकम्पनीहरुले जिल्लाका लागि ढुवानी भाडामा २५ प्रतिशतले वृद्धि गरेको बताएका छन् । जिल्लाका लागि यात्रु र उपभोग्य तथा निर्माणका सामाग्री ढुवानी गर्दै आएका तारा एयर, सिता एयर र समिट एयरले एकै पटक २५ प्रतिशतलेढुवानी दर बढाएका हुन् ।
केही दिन अघि बाँकेको नेपालगञ्ज विमानस्थलबाट सिमकोटसम्मका लागि प्रति किलोग्राम एक सय रुपियाँका दरलेसामाग्री ढुावानी गर्दै आएका विमान कम्पनीहरुले अहिले प्रति किलोग्राम एक सय २५ रुपैयाँ लिने गरेका छन् । सरकारले हवाई इन्धनको मूल्य वृद्धि गरेको र आफूलाई त्यसबापत कुनै सहूलियत नदिएका कारकण पनि हुम्लाका लागि कार्गो दर बढाउनु परेको समिट एयरका नेपालगञ्जका बजार व्यवस्थापक उमेस विसिले जानकारी दिए ।
‘हामीले यस अघि प्रति केजी सामाज एक सय रुपैयाँ मात्र लिने गरेका थियौं’ उनले थपे, ‘अहिले हामीले बाध्य भएर प्रत्येक किलोग्राम २५ रुपैया बढाए दर रेट कायम गरिएको हो । ’
समिट एयर नेपालगंजका बजार व्यवस्थापक उमेश बिसीले यसअघि नेपालगंजबाट सिमकोटका लागि लिदै आएको भाडादर प्रतिकेजीमा १ सय रुपियाँमा ढुवानी गरेको थियो भने यतिखेर १ सय २५ रुपियाँमा ढुवानी गर्दै आएको बताए ।
पछिल्ल्लो समय हुम्लामा दैनिक उपभोग्य र निर्माणका सामाग्रीको ढुवानी दर बढेका कारण ढुवानी भाडामा केहि वृद्धी गर्नु परेको समिट एयरका बजार व्यवस्थापक बञ्जनी श्रेष्ठको पुष्ट्याइ छ । ‘सरकारले हवाई इन्धनको मूल्यवृद्धि भएको बेला हामीले भाडा समायाजनगरेका थिएनौं’ उनले भनिन, ‘अहिले जिल्लाको भाडा र कार्गोको भाडामा हामीले केहि सामायोजन गरेका हौं ।’
विमान कम्पनी हवाई भाडा बढाएपछि कर्णाली प्रदेश राजधानी सुर्खेतबाट पनि भाडा बढाइएको छ । अहिलेसम्म सुर्खेतबाट सिमकोटका लागि प्रतिकेजी ढुवानी भाडा ८५ रुपैया भएकोमा अहिले बढेर १ सय १० रुपियाँ पुगेकोछ ।
जिल्लाका व्यावसायीद्धारा बिरोध
कोरोना संक्रमणका बेला निजि विमान कम्पनीले अचानक कार्गो भाडा बढाएकोमा हुम्लाका व्यावसायीले भन बिरोध जनाएका छन् ।
कोरोना महामारीले सबैतिर थिलथिलो बनेका बेला राहत दिनु भन्दा नागरिकको ढाड सेक्ने गरी एकै पटक २५ प्रतिशत भाडामा वृद्धि गर्नु राम्रो नभएको सिमकोटमा पसल राखेका व्यावासायी रामजन रावतको भनाई छ । ‘कोरोना संक्रमणको डरले बन्द भएका उडान सूचारु भएको केहि दिनमै निजि विमान कम्पनीले भाडाको दर बढाउनु राम्रो होइन’, व्यावसायी रावतले भने, ‘यातायातको अनय विकल्प नभएको हुम्लाका नागरिकको बाध्यतालाई बुझेर विमान कम्पनीले पटक–पटक संकछको मौका छोप्दै मनपरी भाडा वृद्धि गर्ने गरेका छन् ।’
त्यस्तै चर्को हवाई ढुवानी कै कारण हुम्लामा सामानको मूल्य महंगो पर्ने भएको छ । नेपालगंज र सुर्खेतबाट हवाई मार्गहुँदैं आप्mनो व्यापारिक समान ढुवानी गर्दै आएका रोकाया पुस्तक पसलका ज्ञानबहादुर रोकायाले चाडबाडको समयमा भाडा वृद्धि गर्ने निजि विमान कम्पनीको निर्णयले जिल्लाका नागरिकलाई ठूलो मर्का पर्ने बताए ।
यात्रु भाडा पनि वृद्धि
कार्गो भाडामा २५ प्रतिशत वृद्धि गरेका विमान कम्पनीले नेपालगंजदेखि हुम्लाका लागि हवाई भाडा समेत पवृद्धि गरेका छन् ।
हवाई यातायात एकमात्रै विकल्प भएको हुम्ला जान नेपालगञ्जदेखि १० हजार ५ सय रुपैया लिदैं आएका निजि विमान कम्पनीले नयाँ भाडामा केहि रकम वृद्धि गरेर १० हजार ८ सय ७५ रुपैया लिन शुरु गरेका छन् । सरकारको निर्णय बेगर विमान कम्पनीले मनोमानी रुपमा वृद्धि गरेको स्थानीयले प्रतिक्रिया दिए । संधैजसो हवाई भाडा वृद्धि गर्नु अस्वभाविक भएको स्थानीयले बताएका छन् । यतिखेर इयरलाइन्सहरुले मनपरि तवरले भाडा वृद्धि गर्दा हुम्ला उडान भर्ने यात्रुहरुले समस्या झेल्नु परेको छ ।
पहुँजवाला मात्रै पुग्छन् हुम्ला
जनै पर्णिमा लागेसंगै जिल्ला भित्रिनका लागि नेपालगञ्ज विमान स्थलमा मानिसहरुको निक्कै घुंइचो लाग्ने गरेको छ । हुम्ली नागरिहरुको वर्षको एक पटक मात्रै ठूलो चार्डपर्वको रुपमा मनाईने जनै पुर्णिमाका लागि जिल्ला फर्कनेहरुको सख्यामा वृद्धि भएको पाइएको छ । हुम्ला उडानका लागि नेपालगंज एरपोटमा दैनिक दिन विहान सहभागि भए पनि पहुँज र पावरवालाहरु मात्रै सिमकोट पुगेका छन भने, अन्य सर्व साधरणले उडान भर्न नपाएको यात्रुहरुले गुनासो गरेका छन् ।
नेता तथा ठूला बडाले भनेकाहरु एक दिन कुरा गर्दै हुम्ला पुगे पनि अन्य सर्वसाधरणले भने सास्ती खेप्नु परेको पाईको छ । दैनिक दिन उडान भर्ने आसै आसमा नेपालगं विमान स्थलमा सहभागि भएको करीव दुई हप्ता पछि मात्रै टिकट पाएको स्थानीय फागुने विकले गुनासो गरेका हुन् ।
उनका अनुसार कहिले काग्रोको सामन लिने, कहिले मौषम समस्या भन्ने, त कहिले यात्रु बढि भएको न्युमा आफुलाई दुई हप्तासम्म राँजा एरपोटमै बस्नु परेको हो । टिकट भाडा भन्दा होटेलमा बसेको खर्च बढि भएपछि विहान वेलुकाको छाक टार्न समेत समस्या भएको विकको भनाई छ ।
त्यस्तै नेपालगंजको एरपोटमा करीव चार दिनसम्म रोकिनु परेको अर्का स्थानीय कुविर परियारले जानकारी दिए । उनले भने पहुँज र पावरवालाले मात्रै टिकट भन्दा हुन्छ हामी जस्ता सर्वसाधारणले पैसा भएर के गर्ने ?
त्यस्तै उडान भर्ने समयमा उक्त जहाजहरुका लोडरहरुले यात्रुहरुलाई असभ्य भाषा बोल्ने गरेको पाइएको छ । यसले गर्दा सो क्षेत्रका काउण्टरका प्रमुख भन्दा लोडरहरुले सचेत रहनु पर्ने देखिएको परियारले बताए ।