सिमकोट । दैनिक दिन कम्तिमा पनि १५ वटा कुखुरा मर्ने गरेपछि कृषकको कुखुरा फोम खोल्ने धोको अधुरै रहने भएको छ ।
सिमकोट गाउँपालिका–७ को डाँडाफया गाउँमा रानीखेत र निमोनिया रोगका कारण दैनिक दिन धमाधम कुखुरा मर्ने गरेपछि सो ठाउँका कृषकको कुखुरा फोम खोल्ने रहर अधुरै रहेको हो ।
लामो समयदेखि कुखुरा पालन व्यवसायी गरि आर्थिक आम्दानीको स्रोत कुखुरा थियो तर कृषकले जानकारी नै नपाएको रोग आएपछि आफ्नो व्यवसाय गरेर मनग्य आम्दानी गर्ने पलान चौपट भएको स्थानीय कृषक बाँचबहादुर सुनारले दुखेसो पोखे । उनले भने ‘सदरमुकाम समकोटसंगै जोडिएको वडा हुँदा पनि आफ्ना १४ वटा कुखुरा बचाउन नसकेको हो।’ उनका अनुसार मनग्य आम्दानी यहि एउटा कुखुरा पालन हो तर सोचेको काम पुरा नभएरै कुखुराको खोर रित्तो भएको छ ।
डाँडाफयाका ४ वटा गाउँमा दुई हप्तादेखि उक्त रोगका कारण करीव २ सय भन्दा बढि कुखुरा मरि सकेका छन् । तीन वर्षदेखि अति संकटपुर्ण ढङ्गले कुखुरा पालन व्यवसायी गरि हालसम्म १५ वटा कुखारा बनाइयो, ती सवै कुखुरा सोही रोगका कारण मरेपछि कुखुरा फोम खोल्ने र व्यवसायी गर्ने धोका सपना जस्तै भएको अर्का स्थानीय गौँगोरी सुनारले बताइन् ।
दैनिक दिन १५ देखि २० वटासम्म कुखुरा मर्न थालेपछि स्थानीय कृषक पत्यक्ष रुपमा मर्कामा परेका छन् । भोलिका दिनहरूमा आफ्नो आय आर्जनको स्रोत कुखुरा पालन मात्रै हुने गरेको थियो तर रानीखेत र निमोनिया रोगले गर्दा आफ्नो आय आर्जनको माध्यम यहि एउटा कुखुरा पालनबाट नै बन्चित हुनु परेको स्थानीय कालिबहादुर सुनारले जानकारी दिए । स्थानीयका अनुसार रोग लागेका कुखुराहरू पहिला झोक्राउने, कराउने र अनि मर्ने गरेका छन् ।
हुम्ला जिल्लामा वर्षेनी विभिन्न रोगले हजारौँ कुखुराहरू मर्ने गरेका छन् । स्थानीय कृषकहरुको मुख्य आय स्रोतका रुपमा समेत मानिदै आएको व्यवसायी धरापमा पर्दा थप समस्या हुने गरेको छ । यस्ता रोग फैलन नदिनका लागि जिल्लाका सम्वन्धित निकायहरूको खासै प्रभावकारी भूमिका देखिदैन ।
जिल्लाको मौषम परिवर्तन संगै बाहिरबाट ल्याएका कुखुरा भएका कारण रानीखेत र निमोनी रोगले छिटो च्याप्ने गरेको प्रतिकृया पशु विकास अस्पताल कार्यालयका प्रमुख ज्ञानेन्द्रसिंह बुढथापाको छ । “प्रमुख थापाले भने” डाँडाफयामा फैलिएको उक्त रोग नियन्त्रणका लागि औषधि सहित आफ्नो टोलि चाडैं रोग प्रभावित क्षेत्रतर्फ प्रस्थान हुने भएको छ ।