कृष्णमाया उपाध्याय
जुम्ला । बढ्दो जलवायू परिवर्तनका कारण पानीका मुहान सुक्दै कुलाहरु विस्थापित हुन थालेपछि त्यसको विकल्पमा कर्णाली प्रदेशको हिमाली जिल्ला जुम्लाका किसानहरुले हिउँ पोखरीको उपाय रोजेका छन् ।
जलवायु परिवर्तनको असरसँगै भएका पानीका मुहान सुक्न थालेपछि जुम्लाका किसानले सिंचाइको विकल्प नभएको ठाउँमा हिउँ संकलन पोखरी बनाएर खेतबारीमा सिंचाई गर्ने जुक्ती निकालेका हुन् ।
जिल्लाको दक्षिणी मोहोडा तर्फ फर्केको जमिनमा सिंचाइको कुनै पनि विकल्प नभएपछि हिउँदमा हिउँ संकलन तथा वर्षात्को समयमा वर्षाको पानी संकलन गर्न थालिएको उनिहरुले बताएका हुन् । पुष देखि फागुन सम्म परेको हिउँ जम्मा गरेर पोखरीमा हाल्ने र त्यो पानी चैत देखि असार सम्म सिंचाइ गर्न मिल्ने र वर्षातमा संकलन गरेको पानीले कार्तिक र मंसिर महिना सम्म सिचाइ गर्दै आएको किसानहरुले बताएका छन् ।
दक्षिण तर्फ रहेको नजिनमा स्याउ बगैँचा स्थापना गर्न थालेपनि सिंचाइ नहुँदा घटौ हिडेर गाग्रीमा पानी बोकेर सिंचाइ गर्नु पथ्र्यो भने अहिले हिउँ संकलन पोखरी बनाए देखि त्यस्तो दुख गर्न नपरेको जुम्लाको चन्दननाथ नगरपालिका वडा नम्बर ६ की किसान बासमती थापाले बताइन् । उनले भनिन् स्याउको बगैचाको माथिल्लो भागमा हिउँ संकलन पोखरी बनाएपछि स्याउ, ओखर, आरु तथा अन्य फलफूलका विरुवमा सिंचाइ गर्न सहयोग पुग्नुका साथै पशु वस्तुलाई पनि खुवाउन सहज भइरहेको छ । उनले भनिन् सिंचाइ गरेको स्याउको गुणस्तर र नगरेको स्याउको गुणस्तर फरक हुँदो रहेछ ।
‘पहिला हामी बोकेर पानी त हाल्थ्यौँ तर त्यतिले सिंचाइ पुग्दो रहेन्’ छउनले भनिन्, ‘हिउँदमा हिउँ परेको बेला संकलन गरेर पोखरीमा जम्मा गर्ने, जति बेला खडेरी पर्छ त्यति बेला मिलाएर स्याउमा सिंचाइ गर्दा असाध्यै राम्रो हुँदो रहेछ ।’
हामी ७ वर्ष देखि यता यो प्रविधिको प्रयोग गरेर स्याउ तथा फलफूलका अन्य बगैचामा सिंचाइ गर्दै आएको बताएकी थापाले स्याउलाई आवश्यक परेको समयमा सिंचाइ गर्दा भने जस्तो स्याउबाट फाइदा भइरहेको छ जसले गर्दा छोरा छोरीको पढाइ खर्च जुटाउन घर खर्च चलाउन सहज भइरहेको उल्लेख गरिन् । हिउँ पोखरीले सिंचाइ पाएको स्याउँ हेर्दा पनि रातो कलर आएको तथा खाँदा पनि गुलियोपन धेरै हुने र तौल पनि राम्रो हुने गरेको छ ।
‘अहिले भन्दा पहिला अझ धेरै हिउँ पथ्र्यो तर त्यति बेला यस्तो प्रविधिको विषयमा थाहा थिएन । अहिले हिउँ पर्ने दरमा कमी आएपनि वर्षात र हिउँदको पानी संकलन गरिरहेका छौ । जति बेला खडेरी पर्छ त्यतिथबेला स्याउका सबै विरुवालाई मिलाएर पानी हाल्ने गरिएको छ’ उनले थपिन
जिल्ला कृषि विकास कार्यालय र एस एन भी नेपाल नामक संस्थाको सहयोगमा आर्थिक वर्ष २०७०÷०७१ साल देखि यो प्रविधिको शुरुवात गरिएको छ । घरको बगैचाबाट हिउँ संकलन पोखरीको अध्ययन अनुसन्धान शुरु गरिएको जिल्ला कृषि विकास कार्यालय जुम्लाले जनाएको छ ।
महिलाको कार्यबोझमा कमी
जहाँ पानीको स्रोत नभएको ठाउँमा सिंचाइको लागि हिउँ संकलन पोखरी तथा फेरो सिमेन्ट ट्यांकी बनेपछि महिलाहरुको कार्यबोझमा कमी आउन थालेको महिलाहरुले बताएका छन् । पानी लिनको लागि ३ घण्टाको पैदल हिडेर जानु पर्ने र त्यसमा पनि एउटै मुहान भएकोले लाइनमा बस्नु पर्ने बाध्यता रहेको थियो अहिले त्यो दुखबाट छुटकरा मिलेको जुम्लाको तातोपानी गाउँपालिका वडा नम्बर १ राँका गाउँकी उम्मकली धरालाले सुनाइन् । उनले भनिन् पहिला हामीले पानीकै लागि धेरै दुख पायौ, सिंचाइको त के कुरा गरौ खानेपानी समेत नहुँदा धेरै टाढा जानुपर्ने बाध्यता थियो ।
अहिले सिंचाइको लागि सिमेन्टको फेरो ट्यांकी बनेपछि त्यही पानी खाने, नुहाउने, पशुवस्तुलाई खुवाउनुका साथै स्याउ बगैचामा सिंचाइ गर्न पुगेको छ उनले भनिन् । बर्खामा आकाशबाट आएको पानी टिनले छाएको छानाबाट सिधै ट्यांकीमा जाने र हिउँदमा हिउँ संकलन गरेर त्यसमा हाल्ने गरेकोले वर्षभरी पानीको अभाव झेल्न नपरेको जुम्लाका महिला किसानहरुले बताएका छन् ।
‘अहिलेका महिलाहरुलाई त धेरै सजिलो भएको छ’ उम्मकली भन्छिन्, ‘पहिला हामीले पानी कै लागि राति बास बस्नु पथ्र्यो अहिले हाम्रै पालामा यस्तो सुविधा आएको देख्दा सारै खुशी लाग्छ । राँकाको तरापी भन्ने ठाउँमा यसरी मान्छेको वस्ती बस्ला, स्याउ फल्ला भन्ने कल्पना गरेका थिएनौ अहिले यसरी लटरम्म स्याउ फलेको देख्दा आफुहरुको दुख बिर्साउने चौतारी जस्तै यो ठाउँ बनेको छ ।’
यही ठाउँमा सिंचाइलाई लक्षित गरेर हिउँ संकलन पोखरी बनाएकी फागुनी कठायतले पनि भनिन् अहिले हामीलाई पानी लिनको लागि टाढा जान परेको छैन । ‘आकाशबाट आएको हिउँ र पानीले यस्तो सुविधा होला भनेर सोचेका थिएनौ तर जाने पछि हुँदो रहेछ’ कठायतले थपिन ।
आफूले तयार पारेको स्याउको बगैचा नजिक बनेको ट्यांककी देखाउँदै कठायतले स्थानीय स्तरमा पानीका मुहान भएकोले फेरो सिमेन्ट टयांककी बनेपछि पहिला पानी ल्याउनको लागि खर्च गर्ने समय अहिले अरु काममा प्रयोग गर्न थालेको उल्लेख गरिन । ‘समय पानी धेरै हाल्दैन सुर्फत निकालेर स्याउलाई यही टयांकीमा जम्मा भएको पानीले सिंचाइ गर्न थालेका छौ ।’ उनले थपिन ‘अहिले मलाई मात्रै होइन यहाँ स्याउ बगैचा भएका सबै दिदी बहिनीहरुलाई सजिलो हुन थालेको छ । ’
तातापानी गाउँपािलकाको वडा नम्बर १ राँका गाउँका मानिसहरुको अन्न उत्पादन गर्ने थलोको रुपमा चिनियो तपारी भन्ने ठाउँमा मानिसहरु ६ महिना सम्म बसोबास गर्ने भएकाले त्यहाँ पानीको स्रोत नहुँदा समस्या भोक्दै आएकोले विगत दुइ वर्ष देखि यता यस्तो समस्याबाट मुक्त भएको त्यही ठाउँका अर्का किसान प्रेमबहादुर कठायतले बताए । उनले भने ‘यहाँ ३ सय ८० घरधुरीका मानिसहरु रहेको हुनाले जनसंख्यालाई आधार बनाएर सरकारले सहयोग गर्न आवश्यक ठाने पछि आफुहरुले हिउँ संकलन पोखरी तथा फेरोसिमेन्ट टयांकी बनाउनको लागि सहयोग भएको छ ।’
प्रदेश सरकार र स्थानिय सरकारको सहयोग
सिंचाइको विकल्प नभएको ठाउँ भएकोले तरापीलाई लक्षित गरेर प्रदेश सरकार र स्थानिय सरकार मार्फत हिउँ संकलन पोखरी र लिफ्ट मार्फत खानेपानी पुर्याउनको लागि काम भइरहेको तातोपानी गाउँपालिकाकी उपाध्यक्ष गंगादेवि उपाध्यायले बताइन् । प्रदेश सरकारको ७५ प्रतिशत अनुदान र किसान आफ्नै २५ प्रतिशत श्रमदान गरेर एउटा सिमेन्टको फेरो टयांक निर्माणको लागि १ लाख ५० हजार रुपैयाँको लागत परेको हो । यसमा हिउँद र वर्षाको पानी संकलन गरेर जम्म गर्न मिल्छ जसले गर्दा यहाँका किसानहरुलाई सजिलो भएको छ ।
यहाँको जनसंख्यालाई मध्यनजर गरेर खानेपानीको सुविधा पुर्याउनको लागि लिफ्ट प्रविधिको उपोग गरिएको बताएकी छन् । जुन आयोजना अहिले बन्दै गरेको छ । स्थानिय तहको ६० लाख र प्रदेश सरकारको ६० लाख गरेर १ करोड २० लाखको लागतमा तिला नदिबाट त्यो अग्लो डाँडामा पानी पुर्याउने कार्य अगाडी बढिरहेको उनले बताइन् । त्यो आयोजनाको निर्माण कार्य सकिएपछि खानेपानीको लागि लिफ्टबाट ल्याएको पानी र सिंचाइको लागि हिउँ संकलन पोखरीमा जम्मा भएको पानी प्रयोग गर्न पाइने भएपछि अझ सहज हुने भएको उपाध्यक्ष उपाध्यायले बताइन् ।
अहिले सम्म तातोपानी गाउँपालिकाको वडा नम्बर १ राँका गाउँका किसानलाई लक्षित गरेर २१ वटा थाइजार तथा घैटो सिंचाइ प्रविधि मार्फत सिंचाइ भइरहेको कर्णाली प्रदेश भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालययको योजना महाशाखामा कार्यरत कृषि प्रसार अधिकृत धनबहादुर कठायतले बताए । आफु कृषि विकास कार्यालय जुम्लामा कार्यरत हुँदा जुम्ला जस्तो हिमाली जिल्ला जहाँ सिंचाइको विकल्प नभएपछि हिउँ संकलन पोखरीको अबधारण अगाडी सारेको उल्लेख गरेका कठायतले यो प्रविधि स्याउ तथा फलफूलका अन्य विरुवा सिंचाइ गर्नको लागि एकदमै उपयुक्त मानिएको हुनाले सरकारले नै यो प्रविधिलाई वार्षिक कार्यक्रममा राख्दै आएको जानकारी दिए ।
यस अन्तर्गत गत वर्ष जुम्ला भरी ५० वटा र यस वर्ष २५ वटा निर्माणको लागि बजेड विनियोजन भइसकेको नले जानकारी दिएका छन् । जसमा १२ वटा प्लाष्टिक मार्फत निर्माण भएका हिउँ संकलन पोखरी र ५० वटा सिमेन्ट तथा माटोबाट बनेका फेरो सिमेन्ट टयांकी जुम्लामा बनिसकेको उनको भनाईछ । यो प्रविधि सफल मानिएको हुनाले जहाँ सिंचाइको विकल्प छैन त्यहाँ वार्षिक कार्यक्रम मार्फत समेट्र्दै जाने लक्ष राखिएको उनले जानकारी दिए ।
विज्ञहरु के भन्छन् ?
हिमाली क्षेत्रमा देखिएको जलवायु परिवर्तनलाई न्युनिकरण गर्नको लागि जुम्ला जस्तो हिमाली जिल्लामा सिचाइको सुविधा नपुगेको दक्षिण तर्फको जमिनमा हिउँ संकलन पोखरी एकदमै उपयुक्त मानिएको नेपाल कृषि अनुसन्धान परिषदमा कार्यरत वरिष्ठ वैज्ञानिक ९कघ० वसन्त कुमार चालिसेले बताएका छन् । वागवानी अनुसन्धान केन्द्र जाजिकोट जुम्लामा कार्यरत हुँदा खेरी यो प्रविधिको शुरुवता भएको र त्यस प्रविधिको अनुसन्धान टोलीमा आफुपनि संलग्न भएको हुनाले हिउँ संकलन पानी मार्फत सिंचाइ गरेको स्याउ एकदमै राम्रो फलेको उनले बताए ।
आर्थिक वर्ष २०७२ /०७३ बाट यो प्रविधिको शुरुवात एउटा गैरसरकारी संस्था सुर्य सामाजिक सेवा संघ जुम्ला मार्फत भएपनि अहिले नेपाल सरकारले नितिगत तहमा नै यो कार्यक्रम अगाडी बढेको देख्दा खुशी लागेको उनले बताए । उनले भने एक वर्षमा सिंचाइ गरेको स्याउ र नगरेको स्याउ बगैचाको अनुसन्धान गर्दा सिंचाइ गरुेको स्याउको दाना पनि ठुलो लागेको, हेर्दा पनि ठुलो, तौल पनि राम्रो र खाँदा पनि चिनीको मात्रा सबै पुगेको पाइए पछि अब यो प्रविधिलाई हरेक वर्ष विस्तार गर्दे लैजाने विषयमा छलफल पछि अगाडी बढेको उनको भनाईछ । स्याउको पालुवा पलाउने बेलामा, फुलफुल्ने बेला, चिचिला लाग्ने बेला, फल टिप्ने बेलामा र पात झर्ने बेलामा मिलाएर स्याउको विरुवामा सिंचाइ गर्न सकेमा एकमदै राम्रो र गुणस्तरिय फल फललाउन सकिने भएको उनले बताएका छन् ।
जलवायुले पारेको असरलाई न्युनिकरण गर्ने उदेश्यले हिउँ संकलन पोखरी निर्माणको अवधारण जुम्लाबाट शुरु गरिएको सूर्य सामाजिक सेवा संघ फोर एस जुमलाका अध्यक्ष घनश्याम नगरकोटीले बताए । उनले भने पहिलो वर्ष अनुसन्धानको रुपमा शुरुवात गर्दा यो प्रविधि उपयुक्त मानिएपछि यसलाई अगाडी बढाइएको हो । यो पोखरी निर्माण गर्दा वागवानी अनुसन्धान केन्द्र राजिकोट जुम्लामा कार्यरत वैज्ञानिकहरु, गैरसरकारी संस्था एस एन भी मा कार्यरत केही विज्ञहरु र कृषि विकास कार्यालय जुम्लाका कृषि प्राविधिकहरुको संयुक्त अनुसन्धान टोलीले अनुसन्धान पछि यो प्रविधि सफल भएको अध्ययन प्रतिवेदन सार्वजनिक भएपछि नितिगत तहमा समावेस गरिएको हो ।
एउटा पोखरीमा ५ हजार लिटर पानी जम्मा गरेर स्याउलाई आवश्यकता परेको समयमा बेला बेला सिंचाइ गर्न सहज हुनुका साथै महिलाहरुको कार्यबोझ पनि कम भएको उनले बताए । उनले भने यो प्रविधि भारतको लद्धाखमा हिउँको पिरामिट बनाएर सिंचाइ गरिएको कुरालाई थाहा पाएपछि हामी पनि शुरुवात गरौँ न भनेर नेपालको जुम्लामा शुरु गरेका हौ । जुन एकदमै सफल मानिएको छ नगरकोटीले भने । शुरुका केही वर्ष प्लाष्टिक तथा माटो र सिमेन्टबाट बनाएका पोखरी बनाएपनि अहिले त्यसलाई परिमार्जित गर्दै माटो र सिमेन्टको फेरो ट्यांक बनाउन थालिएको उनले बताए ।
यो प्रविधि जुम्लामा मात्रै नभएर जुम्ला जस्ता नेपालका हिमाली जिल्लामा प्रयोग गर्न सकिने भएको विज्ञहरुले बताएका छन् । कर्णाली प्रदेश सरकारले यसलाई वार्षिक कार्यक्रममा राख्न शुरु गरेको हुनाले अन्य प्रदेशका हिमाली तथा पहाडी जिल्लामा पनि हिउँदमा हिउँको पानी र वर्षातको समयमा वर्षाको पानी संकलन गरेर सिंचाइ गर्न सकिने कुरा प्रमाणित भएको उनिहरुको भनाईछ ।
याे स्टाेरी ब्रिटिस काउन्सिलका लागि तयार पारिएकाे हाे