हिमाली जिल्ला हुम्लाको नाम्खा गाउँपालिका पर्यटन पर्वद्धनको एक मुख्य गन्तव्य हो । जसलाई पर्यटकिय स्थल भन्ने गरिन्छ । जुन सरसफाईको पर्खाइमा रहेको छ । नाम्खा गाउँपालिका पर्यटकका लागि अति अवसमरणिय क्षेत्र हो । भौगोलिक विकट्ता भए पनि त्याहाँ पर्यटन पर्वद्धनका लागि अति रमणिय क्षेत्र हो । दुई वर्षदेखि कोभिडले पर्यटनको आवागमन समेत रोकिएको छ ।
त्यसको प्रत्यक्ष मारमा नाम्खा र सिमकोट गाउँपालिकाका नागरिक परेका छन् । लामो समयदेखि सरसफाईको पर्खामा रहेका तीनवटा गाउँपालिका मध्ये एक खार्पुनाथ पनि समेटिएको छ । जसका कारण यीनै गाउँपालिकालाई सरसफाई गरेर पर्यटनको आवागमनलाई नियाल्दै मङसिर ४ गतेबाट सरसफाईको अभियान सुरु गरिएको छ ।
उक्त क्षेत्रलाई लक्षित गर्दै हुम्लाको सदरमुकाम सिमकोटमा दुई वर्षदेखि कोभिडको मार खेपी रहेका बेरोजगारी युवायुवतिलाई रोजगारीको शृजना गर्ने उदेश्यका साथ नेपाल टुरीजम, युएनडिपी, रेडियो नेपाल र सिमकोट गाउँपालिकाको सहकार्यमा सरसफाईलाई अग्रपंतिमा लिएको छ । त्यसैले शनिवारबाट जिल्लाका दुरगन्धित क्षेत्र सिमकोट वजारदेखि सुरु गरि नाम्खाको हिल्सासम्मको पर्यटन गन्तव्यलाई सरसफाई अभियान सञ्चालन गरिएको हो ।
जीविको पार्जन पूनरुत्थानका लागि दिगो पर्यटन परियोजना भन्ने नाराका साथ पर्यटन क्षेत्रमा संगलग्न जनशक्तिलाई अल्पकालिन रोजगार कार्यक्रम लगायत अभियान सञ्चालन गरिएको छ । शनिवार विहान सिमकोट गाउँपाकिलाको कार्यालय अगाडीदेखि बजारका मुख्य मुख्य चोकहरुको ढल तथा बजार सरसफाई गर्दै गन्तव्य स्थलसम्म पुग्ने सो अभियानको मुख्य भूमिका छ ।
हुम्ला जिल्लामा अधिकांस वेरोजगारी युवा युवतीहरुले रोजगारको सृजना गरोस र उनिहरुलाई केही राहत होस भन्दै उक्त संस्थाहरुले सो कार्य गरको छ । सरसफाई कार्यक्रममा सहभागी मज्दुरहरुले सिमकोटदेखि नाम्खा गाउँपाकिलाको हिल्सा पदमार्ग लगायत सडकहरुमा सफाई गर्दै जाने भएको रेडियो नेपाल हुम्लाका सुपरभाइजर रिन्जीन लामाले बताए । उनले भने छोटो समयमा लागु भएको टुरीजम क्षेत्र सफल्ता भएमा एक वर्षसम्म नियमित हुने छ ।
दुई वर्ष लगातार कोभिड १९ का कारण धेरै क्षेत्रलाई प्रभाव पारेको थियो । त्यो भन्दा ठूलो क्षेती रोजगारका हिसावले हुम्ला जिल्लालाई अंझ थप प्रभाव पार्दै आएकोले आफ्नो संस्थाले व्यरोजगारीको रोजेरोटी सुनिश्चित गर्ने भन्दै उक्त सरसफाई कार्याक्रम सञ्चालन गरिएको रेडियो नेपालका कार्यक्रम निर्देशक राकेश शाहीले बताए ।
सो कार्यक्रम विशेष गरेर सिमकोट, खार्पुनाथ र नाम्खा गाउँपालिकालाई लक्षित गरिएको निर्देशक शाहीको भनाई छ । रोजगारको हिसवले पनि पर्यटन पर्वद्धनमा लागेका मज्दुरीलाई बढवा दिनु र यसलाई नियमित रुपमा कार्यन्वयनमा ल्याउनु पर्ने जोड सिमकोट गाउँपालिका अध्यक्ष पदम बहादुर लामाको भनाई छ ।
सामान्य रुपमा विगत लामो समयदेखि सिमकोट गाउँपालिकाले बजारको ढल सरसफाईका लागि दुई जना कर्मचारी राखिएको भए पनि उनिहरुले खासै सरसफाईमा ध्यान नदिएको प्रस्ट भएको छ । गाउँपालिकाबाट तलव खाने तर सरसफाइमा ध्यान नदिने गरेपछि सिमकोट बजार पनि अति दुरगन्धित हुँदै गएको छ ।
एकातिर काम गर्न लाज मान्ने अर्कोतिर तलवको लोभ मान्ने कर्मचारीको हविगत के हो, त्यसको छानविन सिमकोट गाउँपालिकाले गर्नु पर्ने हो । तर त्योसो नगरि सिमकोट गाउँपालिकाले ती कर्मचारीको मायाँममताले गर्दा ढाकछोप गर्दै आएको छ । यतिखेर सरसफाई अभियानमा करीव ३० जना बेरोजगारीहरु सहभागि भएर रोजगारीमा लाभान्वित भएका छन् ।