नवराज महतारा
सिमकोट
गाउँ र विद्यालय जाने बिच बाटोमा भएको खोलाको काठे पुल समेत बाढीले बगाए पछि खार्पुनाथ गाउँपालिका वडानं २ कारङ्गगाउका विद्यार्थी गएको तीन महिनादेखि विद्यालय जान समेत पाएका छैन्न ।
खोलामा पानीको बहाब बढ्दै गएकाले साना विद्यार्थी तर्न गाह्रो भएको र कतैबाट काठे पुल मर्मत गर्ने पहल नभएपछि साना वालवालिका विद्यालय जानबाट बञ्चित भएका हुन । गएको जेठ २८ गते परेको अविरल वर्षाका कारण खोलामा लगाएको अस्थायी काठेपुल बगाएर लगेदेखि विद्यार्थीलाई आवत जावतमा समस्या भएको हुम्ला माध्यमिक विद्यालय रायाको कक्षा १० मा अध्ययनरत नविना शाहीले नेपालबोडसँग दुखेसो गरिन ।
आउँदो चैतमा माध्यमिक शिक्षा परिक्षा (एसइइ) को तयारी गरिरहेकी शाहीले भनिन् “खोलामा पुल नभएपछि हामीलाई पढाईमा ठूलो घाटा लाग्यो ।” आप्mनो गाउँ कारङ्गा देखि छोटो बाटो प्रयोग गर्दा झण्डै एक घण्टा समय लाग्ने बताएकी शाहीका अनुशार खोलमा तेस्र्याएर राखिएको खाठमा तर्नखोज्दा खोलामा चिप्लीने डर हुन्छ । ९ र १० कक्षामा अध्ययन गर्नेले जसोतसो खोला तर्ने जुत्ती निकालेपनि ६ र ७ कक्षामा अध्ययनरत भाई बहिनीले खोलामा तर्न समस्या भएका कारण सबैको विद्यालय जान बन्द भएको हो ।
हिउँदमा सानो भएपनि वर्षा समयमा तर्न मुष्कल हुने ३० मिटरको कारङ्गा खोलामा केही समय अघि कारङ्गा गाउँका वासिन्दाले ५० हजारको लागतमा काठको अस्थायी पुल निर्माण गरेका थिए । सामान्य अवस्थामा मानिस र पशु चौपायालाई आवत जावत गर्ने पुल बाढीले बगाएपछि अहिले सबैलाई समस्या परेको स्थानीय विवेक शाहीले जानकारी दिए । गाउँका अन्य वासिन्दा र पशुचौपायाका लागि लामो बाटो प्रयोग गर्न सकिने बताएका विवेकले भने “विद्यार्थीलाई लामो बाटो प्रयोग गरौ भने विद्यालय पुग्न ३ घण्टाभन्दा बढीको समय लाग्छ । नजाउ भने विद्यालयको नियमित पढाई छोड्नु परेको छ ।”
खोलाको पुल बथाएदेखि गाउँका अविभावकले समय दिएर आफूलाई खोला तारेको दिन मात्रै विदालय जाने नत्र घरमै बस्नु परेको बताएकी कक्षा ८ की छात्रा सुनिता शाहीका अनुशार उनी मुष्किलले अहिले हप्ताको दुई दिन मात्रै विद्यालय जाने गरेकी छन् ।
खोलामा काठे पुल हुँदा घरबाट बिस्तारै गएपनि १ घण्टामा हुम्ला मावि रायामा पुगिन्थ्यो तर अहिले तिन घण्टा लाग्ने बताएकी शाहीले भनिन “अहिले बिहान ६ बजे नै विदालय जाने शुरसार गरेपनि विद्यालय पुगञ्जेल शुरुको पिरियड पढाई छुटिसकेको हन्छ ।” जेठको २८ गतेदेखि विद्यालय जान अनियमित भएको बताएकी शाहीका अनुशार कारङ्गा गाउँका कक्ष ६ देखि १० सम्मका १४ जना विद्यार्थी असार देखि ८० प्रतिशत दिन विद्यालयमा गयल भएका छन् ।
खोलामा काठेपुल हुँदा कारङ्ग गाउँबाट विद्यालय जान आप्mना छोराछोरीलाई सहज हुने बताएकी जुनेली विकका अनुशार अहिले घरबाट कोही अविभावक नगएका दिन विद्यालय जान निकै मुष्किल हुने गरेको छ ।
वर्षामा उर्लिदो खोलाको भेलमा तेर्सिएको एउटा काठको भरमा छोराछोरी एक्लैलाई विद्यालय पठाउँ भने केही होला कि भनेर डरले दिनभर मन अशान्त हुन्छ, विकले थपिन “त्यसरी दिनभर अशान्ति भएर बस्नुभन्दा बरु छोराछोरी विद्यालय नपठाउनु नै वेश भन्दै घरमै पढ्न लाएका छौं ।”
भोट मागे तर बचन पुरा गरेनन्
हरेक निर्वाचनमा जिल्लाका सबै राजनीतिक दलका उम्मेरदवार तथा नेताहरुले कारङ्गा खोलामा पक्की पुल हाल्दीने बचनमा भोट बटुले पनि निर्वाचित भएर गएपछि आफूले गरेको बाचा पुरा नगरेकोमा स्थानीय वासिन्दाले गुनाशो गरेका छन् ।
आफूहरुले २०५६ सालको संसदिय निर्वाचन देखि नै खोलामा पक्की पुलको माग गर्दै आएको बताएका स्थानीय विष्णु बहादुर शाहीका अनुशार चुनाव प्रचारमा आउने कसैलेपनि हुन्न भनेनन् तर पुरापनि कसैबाट भएको छैन् । तत्कालिन नेकपा एमालेका उममेरदवार गोरखबहादुर बोगटीबाट पक्की पुलमाग्न शुरु गरेको बताएका शाहीले भने “हामीले माग गर्न थालेदेखि पाँच जना नेता साँसद भए, २ जना मन्त्री भए तर हाम्रो पुलको समस्या जस्ताकोतस्तै छ ।”
०५६ मा एमालेका बोगटी जिताएको बताएका विवेक शाहीले नेपालबोटसँग भने “०६४ मा तत्कालिन माओवादीका कर्णजित बुढाथोकीले बाचा गरेरै भोट मागे, ०७० मा नेपाली कंग्रेसका जीवनबहादुर शाहीले जितेर दुईटा मन्त्रालयको जिम्मा लिए तर हाम्रो पक्की पुलको सपना कहिल्यै पुरा भएन ।”
देश संघिय संरचनामा गएपछि पनि स्वतन्त्रबाट माओवादीका छक्कबहादुर लामा प्रतिनिधि सभामा र पुर्वमन्त्री जीवनबहादुर शाही प्रदेश सभामा निर्वाचित भएको बताएका कारङ्गावासीको समस्याको समाधानको बारेमा कतै केही संकेत नपाएको बताएका शाहीले हालका कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावललाईपनि समस्या समाधान गर्न पटकपटक अनुरोध गरे तर अनुरोधले सार्थकता पाएको छैन् ।
देशमा सिंहदरबा गाउँमा आएको नारा संघिय सरकार र प्रदेश सरकारका मन्त्री तथा साँसदले भनेको कुरा सञ्चार माध्यमबाट सुनेका कारङ्गावासीलाई हरेक वर्ष काठे पुलकै पुरानै समस्याले सताउन नछोडेकाले खासै सिंहदरबार आएको महसुश भएको छ्रैन् । ६० घरधुरी भएको उक्तगाउँका स्थाीय उल्टै प्रश्न गर्छन “२० वर्षसम्म एक पुल नै नआउने हाम्रो गाउँमा कसरी सिंहदरबार आएको छ भनेर विश्वाश गरौ ?”