सिमकोट । अध्यक्ष र उपाध्यक्षका छुट्टाछुट्टै निमित्त कार्यकारी अधिकृत भएको अदानचुली गाउँपालिकामा सरकारले थप अर्को कार्यकारी पठाएको छ । यो सँगै अदानचुलीमा निमित्त कार्यकारीको संख्या तीन पुगेको छ ।
लामो समय अध्यक्ष र उपाध्यक्षबीच कार्यकारी अधिकृत राख्ने विवादले चर्को रुप लिएपछि गएको सातादेखि भएको विवाद समाधानका अनेकन प्रयास सफल नभएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जिल्ला निर्वाचन कार्यालय सल्यानमा कार्यरत जुम्ला घर भएका नायब सुब्बा नन्दराज गिरीलाई नियुक्त गरी पठाएको छ। गाउँपालिकामा विवाद समाधानका लागि गाउँपालिका अध्यक्ष मोहनविक्रम सिंह र उपाध्यक्ष कर्ण रोकाया (सुधार)बीच छलफल चलिरहेको बेला गिरीले पुस २९ गते आर्थिक अधिकारसहित जिम्मेवारी पाएको पत्र सार्वजनिक भएको छ ।
गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा तत्कालिन सत्ता गठबन्धनका तर्फबाट संयुक्त प्यानल बनाएर निर्वाचन लडेका गाउँपालिका अध्यक्ष सिंह र उपाध्यक्ष रोकायाले आफू अनुकूल हुनेगरी आ–आफ्नै पक्षका प्रशासकीय अधिकृत राख्ने अडानका कारण गाउँपालिकामा लामो समयदेखि विवाद अल्झीदै आएको थियो । अध्यक्ष र उपाध्यक्षबीचको विवादले पालिकाको कामकाज लामो समयदेखि प्रभावित बनेको थियो ।
स्थानीय तहमा एकजना प्रमुख प्रशासकीय अधिकृत रहने व्यवस्था भए पनि अदानचुलीमा दुई प्रशासकीय अधिकृत थिए । अध्यक्ष र उपाध्यक्षले छुट्टाछुट्टै निमित्त प्रमुख प्रशासकीय अधिकृत तोकेपछि गाउँपालिकाको काम प्रभावित भएको थियो ।
प्रमुख प्रशासकीय अधिकृत टक्कबहादुर प्याकुरेललाई गत चैतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा चलाएसँगै निलम्बित छन् । रिक्त पदमा गाउँपालिका अध्यक्ष सिंहले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट आफूनिकट मेगनाथ शाहीलाई निमित्त प्रुख प्रशासकीय अिधकृतको जिम्मेवारी सहित ल्याएपछि आप्mनो परामर्श विनै कार्यकारी ल्याएको भन्दै उपाध्यक्ष रोकायाको टोलीले तिब्र असन्तुष्टी जनाउदै आएको थियो । अध्यक्षले ल्याएको कार्यकारी नमान्ने अडानका साथ बसेका उपाध्यक्ष रोकायाले आफू पक्षिय कार्यपालिका सदस्यहरुको बैठक बोलाएर गाउँपालकाका स्वास्थ्य शाखा प्रमुख हंस महतारालाई निमित्त प्रशासकीय अधिकृत तोकेका थिए । गाउँपालिकामा माअोवदीबाट निर्वाचन जितेका वडा अध्यक्ष र कार्यपालिकाको संख्या बढि भएपछि उपाध्यक्षले कार्यपालिकाकौ निर्णय अनुसार अध्यक्ष सिंहले महतारालाई कार्यकारी अधिकृत मान्नु पर्ने अडान राख्ने आएका थिए ।
अध्यक्षले कानूनतः शाहीले निमित्त कार्यकारी अधिकृतको अधिकार पाएकाले शाही नैं आधिकारिक भएको दावी गरेर पालिकामा हाजिर गर्न लगाएपछि उपाध्यक्षले गाउँपालिकाको प्रशासनीक भवनमा ताला लगाएपछि पालिकाको विवाद सहतमा आएको थियो ।
गाउँपालिकाबाट नागरिकले सेवा सुविधा पाउनु पर्ने ठाउँमा पदाधिकारीबाटै पालकामा ताला लगाएपछि प्रतिपक्ष नेकपा (एमाले)ले नाराजुलुस सहित गाउँपालिका कार्यालय घेरा बन्दी गरेपछि कार्यालयको ताला खोलेर अध्यक्ष र उपाध्यक्ष बीच वार्ता बसेको थियो । वार्ता निष्कर्ष बिहिन भएपछि अहिले दुवै पक्ष आ-आफ्नो ढंगले बसेको बताइएको छ ।
विवाद समाधान अन्योल
कार्यकारी अधिकृत विवादले विकासका काममा ठप्प प्राय भएको अदानचुलीमा मन्त्रालयले नयाँ कार्यकारी पठाएपनि समस्याको समाधान हुनेमा अँझै टुंगो छैन् ।
गाउँमा विवाद चर्किएकै समयमा केन्द्रबाट संघीय मामिला तथा सामान्इ प्रशासन मन्त्रालयले आर्थिक अधिकार सहित नयाँ निमित्त कार्यकारी अधिकृत पठाएपनि त्यसलाई सहज रुपमा स्विकार गर्ने पक्षमा अध्यक्ष र उपाध्यक्ष नरहेको बताइएको छ ।
निर्वाचनताका आफूले मतदातासँग गरेका बाचा पुरा गर्न गाउँपालिकाको प्रशासन आफूले भने अनुसार हुनु पर्ने अडान राखेका अध्यक्ष सिंहले आफूले ल्याएका अधिकृत शाहीले नै काम गर्ने पाउनु पर्ने अडान राख्दै आएपछि विवादको समाधान अँझै नहुने संकेत देखिएको अध्यक्ष निटक स्रोतले बताएको छ ।
'नयाँ अधिकृत वर्तमान सरकारको नेतृत्वकर्ता दल (माओवादी)कै सिफारिसमा पठाइएको हुनसक्ने बताएका सिंहले नयाँ अधिकृतका बारेका अहिले खासै कुनै प्रतिक्रिया नदिएका कारण पनि विवाद थप लम्बीने देखिन्छ' स्रोतले नेपालवोटसँग भन्यो 'यसका बारेमा (नयाँ कार्यकारी अधिकृत) अध्यक्ष र उपाध्यक्षले आफू निकटस्थसँग सकरात्मक प्रतिक्रिया नदिएकालेपनि विवाद टुंगिने संकेत छैन् ।'
लामो छफफल पश्चात दुवै पक्षले एकको कुरा अर्कोले नटेरेपछि मध्यस्थकर्ता मध्येका माओवादी निकट नेताहरुले कार्यकारी अधिकृतमा अघि सारिएका दुवै जना (शाही र महतारा) लाई नगरेर अर्को व्यक्ति ल्याउनु पर्ने मध्यमार्गी सिफारिस गरे अनुसार जुम्लाका गिरीलाई मन्त्रालयले सरुवा गरेपनि त्यसमा अध्यक्ष र उपाध्यक्षले स्विकार गर्न नसक्ने संकेत गरेका कारण पनि विवादले समाधान पाउनेमा आशंका गरिएको छ ।