सिमकोट । जिल्लाको दक्षिणपुर्वी क्षेत्रको सर्केगाड गाउँपालिका वडा नम्बर १ को तुम्चका नागरीकलाई अहिलेपनि सामाजिक सुरक्षा भत्ता लिदा उल्टो ऋण लाग्ने गरेको छ ।
सरकारले हरेक नागरीकलाइ समाजिक सुरक्षा भत्ता अनालाईन मार्फत दिने ब्याबस्था गरेको भएपनि गाउँपालिकाको केन्द्र देखी टाडाको दुरीमा रहेको सोही गाउँका कतिपय नागरिकले सामाजिक सुरक्षा भत्ता लिदा ऋण लाग्ने भएका कारण लिन समेत पाएका छैनन् ।
नेपाल सरकारले दिँदै आएको सामाजिक सुरक्षा भत्ता पछिल्लो केही वर्ष यता बैंकिङ प्राणली मार्फत भुक्तानी गर्ने नियम लागु गर्दा सर्केगाड गाउँपालिका–१ तुम्चका नागरीकले उल्टो रिणको भारी बोक्नु परेको छ । दुर्गमका नारीकले भत्ता बुझ्न जाँदा बाटो र आर्थिक समस्या भोग्दै आउनु परेको तुम्च गाउँका ४२ वर्षिय गौरा सुनारको गुनासो छ ।
‘गाडी चढेर जानुपर्छ गाडी चढेर आउने जाने, सर्केगाडका होटेलमा बस्ने खाने खर्चले मात्रै हामीलाई दिने भन्दा बढि खर्च हुन्छ । भत्ता ल्याउन जाउँ भन्दा उल्टै घरको खर्च गरेर आउनु पर्ने अवस्था छ’, सुनारले नेपालवोटसँग भनिन, ‘यस्तै अवस्था हो भने त हामीलाई भत्ताका नाममा गाउँबाट ऋण काडेर जानु पर्ने समस्या छ ।’
पालिका केन्द्र टाढा हुँदा तुम्च गाउँका नागरीकको दुख जिउका तिउँ नै छ त्यसमाथि बैंकले कागजात नपुगेको भन्दा झन बढी सास्ती खेप्नु परेको बताउनु भएका धनबहादुर बुढाले बैंकसम्म पुग्न चार हजार र घर फिर्ता हुँदा चार गरी आउजाँउमा मात्र आठ हजार खर्च लाग्ने गरेको बताउनुभयो ।
सरकारले सामाजिक सुरक्षा बापतको बालबालिका भत्ता ६ हजार पाँच सय दिने गरेको भएपनि पाउने रकममा दोब्बर खर्च लाग्ने गरेको र गाउँपालिका केन्द्र टाढा हुनुका साथै पैदल हिडेर एक दिन लाग्ने गरेको सोही गाउँकी विनिता सिंहले जानकारी दिइन ।
सरकारले प्रत्येक नागरीकलाई सहज होस भन्नकालागि सामाजिक सुरक्षा भत्ता बंैकिङ प्रणाली मार्फत दिने पद्यती संञ्चालन गरेको लामो समय बित्यो । संघियता पछिको स्थानिय सरकार आय देखि गाउँ गाउँमा सिंहदरबार आएको नारा घन्किएपनि तुम्च गाउँका नागरीकलाई सिंह मात्रै आएको तर दरवार नआएको महशुस गर्दै सामाजिक सुरक्षा भत्ता निल्नु न ओकल्नु जस्तै भएको छ ।