मुगु । नेपालीहरुको चार्ड दशैं तिहार नजिकिएसँगै मुगुको रारामा आन्तरि पर्यटकहरुको चहलपहल बढेको छ ।
कोरोना कहरकै बिचमा नेपालको ठूलो ताला रारामा घुम्न आउने आन्तरिक पर्यटकहरुको चहलपहल बढेको हो ।
राजा महेन्द्रले नामकरण गरेपछि महेन्द्र तालको नामले पनि निचिनिने रारा चैत ११ गते देखि भएको बन्दाबन्दीका समययता कुनैपनि पर्यटक नआएपछि सुनसान थियो । हाजो आज बन्दा बन्दी केही खुकुलो भएपछि रारा घुम्ने मुर्माटप मा पुगेर रमाउर्नेहरुको संख्या दिन प्रति दिन बढी रहेको छ । यतिखेर रारामा देश तथा विदेशी पर्यटकहरुको संख्या बढी रहेको रारा डाँफे गेष्ट हाउसको सञ्चालन पूर्णदेवी वमले बताईन ।
रारा पुग्दैमा सबै मनोरम दृश्य देख्न पाइँदैन त्यसका लागि रारा तालबाट १ घण्टा उकालो चढेर अर्थात घोडामा रमाउर्नेहरु घोडाबाट मुर्माटपमा जाने गर्दछन् । राराको मनोरम दृश्य सँगै काञ्जिरोवा हिमाल, सिस्ने सैपाल हिमाललगायत कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशका मनोरम दृश्य मज्जाले अवलोकन गर्न पाईन्छ ।
राराले एक दिनमा धेरै चोटी रङ र आकृती फेर्छ । कहिले निलो, कहिले बैजनी, कहिले सिम्रिक,कहिले आकासे जस्तो अनि कहिले खैरो । मौसम दिनको समय अनुसार दिनमै चार पाँच पटक फेरिने रारा तालको पानीको रङमा मिश्रित देखीन्छ । सिञ्जे र काञ्जिरोवा हिमालको छाँयानाथको छायाले अनि रारा साँच्चिकै धर्तीको स्वर्ग, स्वर्गको अप्सरा जस्तै देखिन्छ ।
कोरानाको कहरकै बिच रारा घुम्न आएका आन्तरीक पर्यटक अजबहादुर शाही पनि यस्तै अनुभव गरेका छन् । ‘रारा पुगेर मात्रै राराको सौन्दर्य थाहा नहुने रहेछ, साच्चै स्वर्गको आनन्द लिन रारा तालको दृश्य अवलोकलनका लागि मुर्माटप पुग्नै पर्ने र मुर्माटपमा पुगिसकेपछि हिमाल पहाड, नदी नाला जडिबुटी, बनजङ्गल, बन्य जन्तु, चराचुरुङ्गीहरुको पनि अवलोकन र आनन्द मिल्ले रहेछ’, यही कारण रारा पुग्यका जुनसुकै पर्यटकहरुले एक पटक राराको मुर्मा र चुचेमारा पुग्नै पर्न स्थान रहेको शाहीले बताए ।
पर्यटकहरु रारा सम्मको लक्ष्य लिएर मात्र आउने गर्दछन् । रारा आइसकेका पर्यटकहरुले एक पटक रारासँग रमाउन मुमाटर्प जानै पर्ने र राराको चित्रण गर्न यहाँका नागरीकहको अनुरोध छ । समुन्द्री सतहबाट २ हजार ९ सय ७२ मिटर उचाइमा रहेको रारातालको लम्बाइ ५ किलोमिटर, चौडाइ तीन किलोमिटर मिटर गहिराइ १६७ मिटर रहेको छ ।
यस तालमा दुर्लभ असला जातका माछा, रानीट्राउट, भ्यागुतो लगायत जलचर र ३०० प्रजातिका चरा पाइन्छन् । यस्तै, यस क्षेत्रमा कस्तूरी, रेडपाण्डा, मृग, घोरल, भालु, रतुवा ,दुलभ रेड पाण्डा ,लगायत वन्यजन्तु पनि अवलोकन गर्न सकिन्छ ।