हिमाली जिल्ला हुम्लामा शैक्षिकसत्र सुरु भएको डेढ महिना वितिसक्दा समेत पाठ्य पुस्तक पुग्न सकेको छैन । हुम्ला जिल्लाका सिमकोट, नाम्खा र खार्पुनाथ गाउँपालिकासंग आवद्ध विद्यालयका लागि हवाई जहाज मार्फत ल्याउनु पर्ने भएपछि हवाई भाडा महंगो भन्ने नाममा पाठ्य पुस्तक ढुवानी गर्ने ठेकेदारहरुले आनाकानी गर्ने गरेको पाइएको छ ।
विगतका वर्षशहरुमा फागुन १ गतेबाट शैक्षिकसत्र सुरु हुने गरेको भए पनि यो वर्षबाट हुम्ला जिल्लामा असार १ गतेबाट शैक्षिकसत्र सुरु भएको छ । शैक्षिक सत्र सुरु भएको करीव डेढ महिना विततिसक्दा पनि जिल्लाका आधिकांस विद्यालयहरुमा पाठ्य पुस्तक पुग्न नसकेको विद्यार्थीहरुले गुनासो गरेका छन् ।
कोभिड–१९ का कारण जिल्ला भरिनै पाठ्य पुस्तक पुग्न नसकेपछि हुम्लाका हजारौँ विद्यार्थीहरुको पठनपाठन प्रभावित भएको छ । कोभिडले विद्यालय सञ्चालन नभएता पनि घरमै बसेर पुस्तक अध्यन गर्न सकिन्थ्यो तर जिल्लामा पुस्तक नै उपलव्ध हुन नसकेपछि अध्यायन गर्न समेत समस्या भएको खार्पुनाथ गाउँपालिका वार्ड नम्वर १ को मालिका मावि लालिमा कक्षा १० मा अध्यनरत छात्र राजेन्द्र विकले गुनासो गरे ।
कोरोनाका कारणले सबै विधालय बन्द भएपछि पढ्न नपाएको रलिङ माविका छात्र छिरिङ काङसो लामाले बताए । “उनले भने” गाउघरमा कामको चटारो बढेको र विधालय नखोल्दा पढ्ने सपना अधुरै रहेको छ । घरमा बसेर पढ्नलाई पनि पाठय् पुस्तक नपुगेकाले घरकै काममा विजी हुनु पर्ने देखिएको छात्र लामाको भनाई छ ।
त्यस्तै हालसमम पाठ्य पुस्तक पठनपाठन गर्नुत काहाँ हो काँ, छुन समेत नपाएको नाम्खा गाउँपालिका वार्ड नम्वर ४ को माहाबौध मावि यालवाङमा अध्यानरत छात्रा पेमा तामाङले गुनासो गरिन् । सिमकोट गाउपालिकामा यो वर्ष ल्याउनु पर्ने पुस्तक ५ हजार १ सय ४५ रहेको रोकाया पुस्तक पसलका सञ्चालक धनजय रोकायाले बताए ।
उनका अनुसार अहिले वालमन्दिर माविले २ सय ८३ सेट लिएको र वाँकि ७९ सेट कक्षा १ देखि ४ सम्माको आउन बाँकी रहेको बताए । मानसरोवर माविमा ३ सय १७ सेट गएको र १ सय ४ सेट कक्षा ९ को पुस्तक बाँकी रहेको रोकायाले जानकारी दिए । उनले थपे आफु दुई दिनपछि काठमाडाँै जान लागेकोले अव एकैचोटि नाम्खा र खापुनार्थ गाउँपालिको पुस्तकहरु पठाउने रोकायाको भनाई छ ।
नेपाल सरकारले अनुदानमा दिएको भाडाप्रति ठेकेदार असन्तुष्टि
नेपाल सरकारले अनुदानमा दिंदै आएको भाडाप्रति पाठ्य पुस्तकको जिम्मा पाएका ठेकेदारहरु असन्तुष्टि व्यक्त गर्दछन् । पाठ्य पुस्तक ढुवानीका लागि सरकारले ३४ प्रतिसत रकम छुट्याएको छ तर त्यो सोचे जत्तिको रकम नभएको ठेकेदारहरुले गुनासो गरेका छन् ।
रोकाया पुस्तक पसलका सञ्चालक धनजय रोकायाका अनुसार नेपालगंज र सुर्खेतबाट ढुवानी गर्दा हवाई जहाजमा किलोको १ सय २० देखि १ सय ३० रुपैयाँ पर्ने गरेको छ भने गाडीमा ल्याउदा १५ देखि २० रुपैयाँ पर्दछ । तल्लो क्षेत्रका विद्यालयहरुका लागि पैदल मार्ग ल्याउने ठेकेदारहरुलाई सौलियत भाडा पर्ने र माथिल्लो क्षेत्रका विद्यालयका पुस्तक हवाई मार्गबाट आउँदा महंगो मुल्यमा उडाउनु पर्ने भएको छ ।
तर तल्लो क्षेत्रका पुस्तक गाडी मार्फत ल्याउने गरिएको छ । त्यस्तै चंखेली गाउँपालिकाको २ हजार ४ सय २२ सेट पुस्तक पनि सर्केगाड गाउँपालिकासंगै आएको र सर्केगाड गाउपालीकाको सबै विधालयमा आउनु पर्ने पुस्तक २ हजार ५ सय ३४ सेट ढुवानी गरेर गाडीमा हालेको भए पनि कालिकोट जिल्लाको जितेगडामा बाटो विग्रिएकोले बाटोमा नै रोकिएको ठेकेदार मानदेब शाहीले बताए ।
ठेकेदार शाहीका अनुसार सर्केगाडमा पुस्तक पुगेपछि गाउँपालकिासंग समन्वय गरेर बुझाउने बताए । अदानचुली गाउँपालिकाको पुस्तक पुगाई सकेको तर विधालय खोल्दा बितिकै विद्यार्थीहरुलाई वितरण गरिने ठेकेदार लोकेन्द्र भण्डारीले जानकारी दिए ।
ताँजाकोट गाउँपालिकामा पाठ्य पुस्तक विनै पठनपाठन सुचारु
ताँजाकोट गाउँपालिकामा पाठ्य पुस्तक नपुगे पनि पुस्तक विनै विद्यालय खोलेर पठनपाठन सुचारु भएका छन् । विद्यार्थीहरुको पठनपाठनलाई मध्ये नजर गर्दै साउन १५ गतेबाट ताँजाकोटका सम्पुर्ण विद्यलयहरुमा पठनपाठनलाई तिव्रता दिइएको बालकल्याण प्रविका प्रधानाध्यापक सुरेन्द्र बहादुर शाहीले बताए ।
प्रधानाध्यापक शाहीले भने विद्यालयले पुरानो पाठ्य पुस्तकबाटै विद्यार्थीहरुको पठनपाठनलाई सुचारु गरि रहेको छ । हाल हुम्ला जिल्लामा सञ्चालन भएका विद्यालयहरुमा कोभिड–१९ को त्रास रहँदा पनि सुरक्षाको मादण्ड अपनाएरै विद्यालय सञ्चालन भई रहेको भन्ने बाहिरिए पनि जिल्ला भरि कोरोना परिक्षणको दायरालाई घटाइएको पाइएको छ ।
जस्का कारण विद्यालयमै विद्यार्थीहरु कोरोना संक्रमित भएर झन ठूलो समस्यामा परेर संकट झेल्नु पर्ने देखिएको छ ।