सिमकोट । टिकटका लागि राजधानी काठमाडौंमा केन्द्रीत रहेका हुम्लाका अधिकांश उम्मेरदवार जिल्ला फर्केका छन् ।
पार्टीबाट आप्mनो नाममा टिकटको निर्णयका लागि पार्टी केन्द्रका नेताहरुसँग भेट्न राजधानी केन्द्रीत जिल्लाका नेताहरु लामो समयपछि आज (मंगलबार) जिल्ला फर्केका हुन् ।
अगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन आउन ३३ दिन बाँकी रहेको बेला हुम्लाका उम्मेरदवार शहर झरेका जिल्लाका कार्यकर्ता सहित सिमकोट पुगेका छन् ।
गएको असोज २३ गते आप्mनो मनोनय समेत सुर्खेतबाट दर्ता गराएका कर्णाली प्रदेशका मुख्यमन्त्री समेत रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीवनबहादुर शाही प्रदेश राजधानी सुर्खेतबाट सिमकोट पुगेको नेपाली कांग्रेस जिल्ला पार्टी सभापति मोहन विक्रम सिंहले जानकारी दिए । पार्टीको आन्तरिक बैठक र अन्यपार्टीका कार्यकर्तालाई आप्mनो पार्टीमा प्रवेश गराउन सत्ता गठबन्दनकातर्फबाट प्रदेश निर्वाचन क्षेत्र (ख)का उम्मेरदवार समेत रहेका मुख्यमन्त्री शाही एक दर्जन पार्टीका कार्यकर्तासहित समटि एयरको जहाजमार्फत सिमकोट आएका हन् ।
पार्टीका पुर्व जिल्ला सभापति तथा प्रतिनिधिसभाका लागि समानुपातिक तर्फका उम्मेरदवार जयपति रोकायासहित जिल्ला पुगेका मुख्यमन्त्री शाहीले निर्वाचनको तयारी, पार्टी परिचालन र गठबन्दनमा सहभागि दलहरुको बैठकका लागि केहि दिनका लागि आफू जिल्ला फर्केको जानकारी दिए ।
‘केहि दिनअघि परेको अविरल वर्षाका कारण कर्णाली प्रदेशका दशैं जिल्लामा आएको बाढी पहिरोका कारण ठूलो जनधनको क्षती भएका कारण प्रदेश सरकार प्रमुखका हिसाबले उद्धार र राहत वितरण कार्यक्रममा लाग्नु पर्ने भएकाले जिल्ला आउन ढिला भयो’, मुख्यमन्त्री शाहीले नेपालवोटसँग भने, ‘मौशमका कारण जिल्लामा आउने एकमात्र हवाई यातायता समेत बन्द भएकाले पनि जिल्ला आउन केहि समय लागेको हो ।’ सिमकोट विमानस्थलमा आउने बित्तिकै कार्यकर्ताले स्वागत गरेका मुख्यमन्त्री शाही बीजय होटेलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा सरिक भएका छन् ।
आज (बुधबार) बस्ने जिल्ला कमिटिको पार्टीको ५ औं बैठकमार्फत निर्णय गरेर जिल्लाभर औपचारिक रुपमा चुनावी अभियान शुरु गर्ने योजना तयार गरेको नेकपा (एमाले)का उम्मेरदवार पनि आजै (मंगलबार) जिल्ला पुगेका छन् । लामो समय काठमाडौंमै रहेका एमालेका जिल्लाका नेताहरु सिता एयरको जहाजमा काठमाडौंबाट सिधैं सिमकोट आएका हन् । जिल्लाको चुनाव प्रचारप्रसार अभियानका लागि एमाले स्थायी कमिटि सदस्य तथा जिल्ला इन्चार्ज समेत रहेका प्रतिनिधिसभाका समानुपातिक उम्मेरदवार गोरखबहादुर बोगटी, केन्द्रीय सदस्य तथा प्रदेश निर्वाचन क्षेत्र (क) का उम्मेरदवार दल फडेरा, माओवादी छोडेर भर्खरै एमाले प्रवेश गरेका निर्वतमान प्रतिनिधिसभा सदस्य तथा प्रदेश निर्वाचन क्षेत्र (ख) का उम्मेरदवार छक्कबहादुर लामा, पार्टी जिल्ला अध्यक्ष तथा प्रदेशसभा समानुपातिक उम्मेरदवार कलबहादुर लामा सहितको एमाले टोली लामो समयपछि जिल्ला पुगेको एमाले हुम्लाका सचिव तिर्थराज बोहराले जानकारी दिए । उनका अनुसार एमाले केन्द्रीय सदस्य, निर्वतमान प्रदेश सभा सदस्य तथा प्रतिनिधिसभा उम्मेरदवार दल फडेरा सोमबार जिल्ला पुगेका छन् ।
‘बुधाबार ११ बजेबाट शुरु हुने निर्वाचन केन्द्रीत जिल्ला कमिटि बैठकमार्फत हाम्रो पार्टी (एमाले)को प्रचार अभियान जिल्लाभर सञ्चालन हुन्छ’, पार्टी सचिव बोहराले थपे, पार्टी कामका सिलसिलामा लामो समय जिल्ला बाहिर रहेका सबै नेता र उम्मेरदवार जिल्ला पुगेपछि अब निर्वाचन केन्द्रीत प्रचारका काम सातवटै गाउँपालिका र ४४ वटै वडामा शुरु हुन्छन् ।’
जिल्लाभरको पछिल्लो स्थिती र पार्टीको अवस्थाका बारेमा समिक्षा सहितको चुनावी रणनीति तय गर्न एमालेले निर्वाचित जनप्रतिनिधि सहित वडा देखि केन्द्रका कमिटिमा रहेका पार्टीका सबै नेता तथा कार्यकर्तालाई बैठकमा बोलाएको सचिव बोहराले बताए ।
निर्वाचन प्रचार गतिविधिलाई अघि बढाउन नेकपा (एमाले) र नेपाली कांग्रेसका उम्मेरदवार सहितका नेताहरु जिल्लामा फर्किएपनि सत्तारुढ गठबन्दनमा संलग्न नेकपा माओवादी केन्द्रका उम्मेरदवार भने कार्तिक ३ गते मात्रै जिल्ला पुग्ने भएका छन् ।
काठमाडौंमा पार्टीका काममा सहभागि हुनु पर्ने भएका कारण आप्mना (माओवादी)का उम्मेरदवार जिल्लामा आउन ढिला भएको माओवादी केन्द्र हुम्लाका कार्यालय सचिव नेत्र महताराले बताए ।
अन्य पार्टीका केहि महत्वपूर्ण नेताहरुकोपार्टी प्रवेशले उम्मेरदवार र नेताहरु जिल्ला आउन ढिला भएको प्रतिक्रिया दिएका महताराका अनुसार प्रतिनिधिसभाका उम्मेरदवार छिरिङ दम्डोल लामा (कार्चेन) र प्रदेश सभा निर्वाचन क्षेत्र (ख) का उम्मेरदवार रणसिंह परिणर जिल्लामा पुग्ने बित्तिकै माओवादीले प्रचार अभियान शुरु गर्नेछ ।
जिल्लाका कुनै भाग नपाएपछि पार्टीका तर्फबाट प्रदेश निर्वाचन क्षेत्र (क)मा उम्मेरदारी दिएको एकिकृत समाजवादीले पनि प्रचार अभियान शुरु गर्न केहि दिन लाग्ने बताएको छ ।
सुर्खेत र काठमाडौंमा रहेका पार्टीका नेता कार्यकर्ताहरु सहित सिधैं आफू निर्वाचन क्षेत्रमा जाने बताएका समाजावादीका केन्द्रीय सदस्य तथा प्रदेश निर्वाचन क्षेत्र (क) का उम्मेरदवार हस्तबहादुर शाहीले आप्mनो पार्टीको प्रचार अभियान शुरु भैसकेको प्रतिक्रिया दिए ।
सत्ता गठबन्दनका तर्फबाट आफू आधिकारिक उम्मेरदवार भएको दावी गरेका शाहीले गठबन्दनमा सहभागित नेपाली कांग्रेस र माओवादीमा ठूलो दम्बका कारण केही समस्या भएको भन्दै अदानचुली गाउँपालिकामा जिल्ला पार्टीको बैठक बसेर थप कार्यक्रम तय गर्ने छ ।