सिमकोट । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक वर्ष २०८०र८१ का लागि प्रदेश र स्थानीय सरकारलाई पठाउने वित्तीय समानीकरण अनुदानको सिफारिस गरेको छ ।
आयोगले आगामी आर्थिक वर्षमा जम्मा १ खर्ब ४१ अर्ब ११ करोड ९४ लाख रुपैयाँ प्रदेश तथा स्थानीय तहमा हस्तान्तरण हुनेछ । जसमा प्रदेश सरकारले १४ अर्ब ६६ करोड ६९ लाख र स्थानीय तहले २६ अर्ब ४५ करोड २५ मात्रै हस्तान्तरण हुने आयोगले जनाएको छ ।
जसमा सबैभन्दा बढी कोशी प्रदेशले २ अर्ब ६९ करोड १५ लाख प्राप्त गर्नेछ भने सबैभन्दा कम कर्णाली प्रदेशलाई १ अर्ब ७१ करोड ८० लाख अनुदान हस्तान्तरण गरिनेछ ।
यस वर्ष ७५३ स्थानीय तहले कम्तिमा पनि ६ करोड ५० लाख वित्तीय समानीकरण अनुदान प्राप्त गरेका आयोगले जनाएको छ । यो रकम स्थानीय तहले आफूले बजेट बनाएर प्राथमिकताका आधारमा खर्च गर्न सक्ने आयोगका प्रवक्तासमेत रहेका सहसचिव ज्ञानेन्द्र पौडेलले जानकारी दिए ।
हुम्लामा बढि पाउनेमा सिमकोटः कम पाउनेमा ताँजाकोट
हरेक आर्थिक वर्ष आयोगबाट अनुदान पाउने स्थानीय तहमध्ये हुम्लामा आगामी वर्षका लागि सबैभन्दा बढि अनुदान सिमकोट गाउँपालिकाले पाउने भएको छ, भने सबैभन्दा कम ताँजाकोट गाउँपालिकाले पाउने भएको छ ।
तीन वटा शिर्षकको मूल्यांकनका आधारमा अनुदान दिने रकम तय गरेको आयोगले सिमकोटलाई ९ करोड २७ लाख प्रदान गर्ने भएको छ । यसैगरी जिल्लामै सबैभन्दा कम अनुदान प्राप्त गर्ने ताँजाकोट गाउँपालिकाले ६ करोड ९२ लाख अनुदान पाउने भएको छ ।
देशभरका हरेक गाउँपालिकालाई न्यूनतम अनुदान २ करोड ७५ लाख दिएको आयोगका अनुसार सुत्र नामक सप्mटवेयरमा आधारित र गत वर्षमा गरेको कार्यासम्पादनका आधारमा नुदान रकम तय गरिएको छ । जसअनुसार सिमकोटले न्यूनतम ३ करोड, सुत्रअनुसार ५ करोड ७२ लाख र कार्य सम्पादनका आधारमा ५५ लाख गरेर ९ करोड २७ लाख अनुदान प्राप्त गर्ने भएको हो ।
आयोगले जारी गरेको अनुदान प्राप्त गर्ने रिर्पोटको पेज नम्बर ३८ मा समावेश भएका हुम्लाका सातवटै स्थानीय तहमध्ये न्यूनतममा सिमकोट बाहेकका सबै गाउँपालिकाले २ करोड ७५ लाख अनुादन प्राप्त गर्ने भएका छन । यसैगरी सुत्रका आधारमा सबैभन्दा बढि सिमकोटले ५ करोड ७२ लाख, सर्केगाडले ४ करोड ६५ लाख अनुदान प्राप्त गरेका छन् भने अन्य पाँचवटै गाउँपालिकाले न्यूनतम २ करोड ७५ लाख रकम प्राप्त गर्ने भएका छन् ।
आयोगका अनुसार कार्यसम्पादनका आधारमा जिल्लामै सबैभन्दा धेरै अनुदान खार्पुनाथ गाउँपालिकाले ६० लाख, दोस्रोमा सिमकोटले ५५ लाख प्राप्त गरेको छ भने चंखेलील्े ५० लाख, नाम्खाले ४९ लाख, सर्केगाडले ४४ लाख, अदानचुलीले ४३ लाख र ताँजाकोटले ४२ लाख अनुादन प्राप्त गर्ने भएका छन् ।
समग्रःमा हुम्लाका सात गाउँपालिकामध्ये सिमकोटले ९ करोड २७ लाख, सर्केगाडले ७ करोड ७५ लाख, खार्पुनाथले ७ करोड १० लाख, सर्केगाडले ७ करोड ५५ लाख, नाम्खाले ६ करोड ९९ लाख, अदानचुलीले ६ करोड ९३ लाख र ताँजाकोटले ६ करोड ९२ लाख अनुदान पाउने भएका छन् ।
गाउँपालिकाले यसअघि गरेका बजेट कार्यान्वयन, नीति निर्माणदेखि व्यवस्थित खर्च प्रर्णालीका आधारमा भएको व्यवस्थालाई आधार मानेर अनुदान वितरण गरिएको छ ।