सिमकोट । जिल्ला सदरमुकाम सिमकोटमा छैटौँ जिल्ला सभा सम्पन्न भएको छ ।
मंगलबार जिल्ला समन्वय समितिको आयोजनामा सन्चालन भएको छैटौँ सभा सम्पन्न भएको हो । जिल्ला समन्वय समितिको सभाहलमा सन्चालन भएको सभामा जिल्लाका सात वटै गाउँपालिका अध्यक्ष उपाध्यक्षहरुको सहभागितामा सभा सन्चालन भएको हो ।
उक्त गाउँपालिकाहरुले विभिन्न नितिहरु पारित गर्दै गरेको भन्दै जिल्ला सभा मार्फत प्रस्तुत गरेका थिए । जसमा सात वटै गाउँपालिकामा भएका आर्थिक विकास, पूर्वधार विकास, सामाजिक विकास, बन तथा बाताबरण विकास, संस्थागत स्रोत तथा क्षमता विकास लगायतका विषयमा प्रस्तुतीकरण गरिएको थियो ।
कार्यक्रममा कसोही गाउँपालिकाहरुले महत्व पुर्ण निति, भौतिक प्रगति तथा उपलव्धीलाई पनि सार्वजनिक सुनुवाई गरिएको थियो । उक्त कार्यक्रम मार्फत प्रत्येक गाउँपालिकाका प्रमुख प्रशाकीय अधिकृतहरुले विनियोजित बजेट पनि प्रस्तुत गरेका थिए ।
जसमा सिमकोट गाउँपालिकाले ५० करोड ७ लाख, ४७ हजार ४ सय ५, खार्पुनाथले ३६ करोड ८४ लाख ४६ हजार, चंखेलीले ३१ करोड २८ लाख ११ हजार, र ताँजाकोटले ३६ करोड ४५ लाख ३९ हजार ६ सय ५८, नाम्खाले ४० करोड ५६ लाख ४९ हजार ७ सय ११ रपैयाँ, अदानचुलीले अनुमानित २८ करोड र सर्केगाड गाउँपालिकाले कुल ४३ करोड रकम विनियोजित गरेको जिल्ला समन्वय अधिकारी भिम रोकायाले जानकारी दिए ।
उनका अनुसार केही गाउँपालिकाका कर्मचारी प्रत्यक्ष रुपमा सहभागिता भएर विभिन्न निति तथा विनियाजित बजेटको प्रस्तुत गरेका थिए भने केही गाउँपालिकाले भने अनुमानित रकमलाई प्रतिवेदन पठाए जानकारी गराएको हो ।
उक्त जिल्ला सभा जिल्ला समन्वय समितिका प्रमुख शिवराज शर्माको अध्यक्षता तथा प्रतिनिधि सभा सदस्य छिरिंङ दमडुल लामा (कार्चेन) को प्रमुख आतिथ्यमा सन्चालन भएको कार्यक्रममा द्धय प्रदेश सभा सदस्य जुम्कित लामा, विजय बोहरा, लगायत जिल्लाका सरकारी कार्यालयका प्रमुख एबमं प्रतिनिधि, राजनितिदलका नेता तथा कार्यकर्ताहरको सहभागिता रहेको थियो ।