सँधै रोग, भोक, अशिक्षा र अभावकै खबरको शिर्षक बन्ने हिमाली जिल्ला हुम्ला पछिल्लो केही समय फेरी एकाएक शंशारका मिडियामा छायो । तर पटक हुम्लाको विषय र प्रसंग सँधैको भन्दा फरक थियो । सँधै नेपालको भूमि दक्षिणको छिमेकी मुलुक भारतले सिमा क्षेत्रमा बल मिच्याई गरेका खबरले भारत विरोधी भावना जागृत भएको नेपालीलाई सञ्चार माध्यममा आएका हुम्ला सम्बन्धि खबरले उत्तरको छिमेकी मुलुक चीनको विरुद्धमा उत्रन बाध्य बनायो । केही नेपाली यूवाहरुले काठमाडौं स्थित चीनिया दुतावास घेर्ने अवस्थाको समेत सृजना गरायो । हतपत काठमाडौं स्थित चीनियाँ दुतावासले आफूले सिमा नमिचेको भन्दै स्पष्टिकरण सहितको विज्ञाप्ती जारी गर्यो । त्यसको भोलीपल्टै नेपाल सरकारले आधिकारिक रुपमा चीनले निर्माण गरेका भवन नेपाली भू–भागमा नपर्ने भन्दै आप्mनो धारणा सार्वजनिक गर्यो ।
अकष्मात रुपमा सिमा विवादको खबर आएलगत्तै सरकारको निर्देशनमा सिमास्थलको स्थलगत अवस्थाको अवलोकन गर्न गएका हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी गिरी नेतृत्वको सुरक्षा चारवटै अधिकारीको टोलीले समेत लोलुङजोङ लगायतका सिमा क्षेत्रमा चीनले सिमा अतिक्रमण नगरेको तत्थ्य सहितको प्रतिवेदन तालुकदार निकायलाई बुझायो । प्रयाः आधारभूत आवश्यक्ताको परिपूर्तिमकै चर्चा बटुल्ने हुम्लाको यो अवस्था कसरी सृजना भयो भन्ने केही आन्तरिक पक्षका बारेमा यहाँ चर्चा गर्ने प्रयास गरिएको छ ।
यसरी फैलियो चीनले सिमाको मिचेको हल्ला
नाम्खा गाउँपालिकाले आप्mनो वार्षिक कार्यक्रम अनुशार गएको भदौं १९ गते शनिबार वडा नम्बर ६ लिमिमा एकिकृत शिविर सञ्चालन गर्न र योजनाहरुको स्थलगत अनुगमन गर्ने उद्देश्यले लिमि जाने कार्यक्रम तय गरेको थियो । उक्त कार्यक्रमका बारेमा जानकारी पाएका सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमालले गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर तामाङ र प्रमुख प्रशासकिय अिधकृत धर्मराज न्यौपानेसँग आफूपनि लिमि जान चाहेको उल्लेख गरे । जिल्लाको प्रशासनिक क्षेत्रको दोस्रो बरियताको व्यक्तिले गाउँपालिकाको क्षेत्रमा जान इच्छा जाहेर गरेपछि गाउँपालिकाको टोलीले इन्कार गर्न सकेन् । जस अनुसार आप्mनो टोलीको संख्यामा केही फराकीलो बनाउँदै गाउँपालिकाले सहायक प्रमुख जिल्ला अधिकारी सहित लिमि जाने टोलीलाई ४२ सदस्यीय बनायो ।
जिल्ला सदरमुकाम सिमकोटबाट गाउँपालिकाकै गाडीमा गएको टोलीले लिमिमा पुगेपछि अधिकांश गाउँपालिकाको निर्धारित लक्ष्य अनुसार कोही पशु स्वास्थ्य शिविर त कोही व्यक्ती लिमिवासीको स्वास्थ्य परिक्षण गर्न आयोजित स्वास्थ्य शिविर सञ्चालनमा व्यक्त रहे । जस अनुसार गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकिय अधिकृत पनि विभिन्न भेटघाट र प्रशासनिक काममा अल्झीए ।
गाउँपालिकाको टोली आप्mनो काममा व्यस्त रहेपनि लिमि पुगेका सहायक प्रमुख जिल्ला अधिकारी हमालले केही स्थानीयलाई लिएर आफ्नो लिमि आउने प्रमुख उद्देश्य पुरा गर्न लोलुङतर्m लागे । कैलास मानसरोवरको दूर दर्शनलाई आप्mनो लिमि यात्राको तय गरेको हमालले गाउँपालिकाका कोही पदाधिकारी नलिएरै निस्किए ।
लिमिबाट गाउँपालकाको गाडीमै गएका हमाल योजना अनुसार नैं लोलुङ पुगेर कैलासको दूर दर्शन गरे । नेपाली भूमिबाट सहज रुपमा मानसरोवार कैलासको दर्शन गरेका हमालले एक र समुहगत फोटो खिच्ने काम गरे । फोटो खिचिरहेकै समयमा उनले लोलुङजोङमा चीनले नयाँ भवन निर्माण गरेको देखे । मानव वस्ती नभएको पठान क्षेत्रमा सुविधासम्पन्न भवन निर्माण गरेको देखेपछि सँगै गएका स्थानीयलाई निर्मित चवनका बारेमा जिज्ञासा राखे । जवाफमा स्थानीयले चीनको बल मिच्याईका कारण नेपाली भूभागमा भवन निर्माण गरेको जवाफ दिए । त्यसपछि हौसिएर आफू सिमा सुरक्षा अनुगमन अधिकारीको समेत जिम्मेवार व्यक्ति भएको उल्लेख गर्दै टाढैबाट भएपनि निर्माण भएका भवनहरुको पतस्बीर लिने काम गरे । आप्mनो मोवाइलमा कैद गरिएका तस्बीर र सँगै गएका स्थानीयको भनाईको आधार सहयाक प्रजिअ हमाल छिमेकी मुलुक चीनले सिमाना मिचेर भवन निर्माण गरेको सतही निस्कर्षमा पुगे । लोलुङ क्षेत्रको स्थलगत अध्ययनको दुई दिनमै सदरमुकाम सिमकोट फर्किएका हमालले चीनले सिमाना मिचेको कुरालाई केही सञ्चारकर्मी माझ सेयर गरे ।
दुई देश बीचका यस अघिको अवस्था, सिमा नक्सा आदीका बारेमा कुनै हेक्का नराखेका सहायक प्रमुख जिल्ला अधिकारी हमालले दिएको सूचनाका आधारमा आफू आवद्ध सञ्चार माध्यममा समाचार संप्रेषण गरे । त्यसको लगत्तै जिल्लाबाट राष्ट्रिय स्तरमा रिर्पोटिङ गर्ने सञ्चारकर्मीले हमाललाई नैं कोड गरेर समाचार संप्रेषण गरे । परिणाम, देश विदेशमा लिमिको लोलुङजोङको नेपाली भूमीमा चीनले भवन निर्माण गरेको खबरले चर्चा पायो ।
यस्तो छ, चीनसँगको सिमा विवादको इतिहाँस
उत्तरी नाम्खा गाउँपालिका वडा नम्बर ५ र ६ का अधिकास स्थान नेपाल र चीन बीचको सिमाना भएको क्षेत्र हो । तत्कालिन समयमा नेपालको लिमि र मुचु गाविस अन्तरगत पर्ने यो क्षेत्र चीनको तिब्बत शासन अन्तरगत पथ्र्यो । हिउँदको समयमा अन्यत्र हिउँ परेर निकै जाडो हुने तर पुरै पठार क्षेत्र भएकाले कैलास मानसरोवरको आसपासमा हिउँ नपर्ने र हावा पनि त्यती नचल्ने भएका कारण हुम्लाको सिमा क्षेत्रका नागरिकले परम्परागत रुपमा पाल्दै आएका च्यांग्रा, चौरी लगायतका पशुवस्तु पाल्ने र चरण क्षेत्रका रुपमा त्यही क्षेत्रलाई उपयोग गर्दै आएका थिए ।
नेपाली पक्षले चरीचरण देखि दैनिक उपभोग्य वस्तु किनमेलका लागि बजारको समेत भर चीनको त्यही क्षेत्रमा भर पर्नु पथ्र्यो, भने खुर्सानी, काठ, अन्य वन्यजन्तु र जडिवुटीका लागि चीनीया पक्षले नेपालको भर पर्नु पर्दथ्यो । तत्कालिन समयमा बोल्ने भाषा, रहन सहन देखि धेरै कुरामा सिमा क्षेत्रका दुवै देशका वस्तीहरुमा एकरुपता पाइन्थ्यो । फलस्वरुप । दुई देशका सिमा क्षेत्रका वस्तीहरुमा विहेवारी समेत चल्ने गरेका प्रसस्तै उदारहण छन् । परापूर्व कालमा चीनको उक्त क्षेत्र भन्दा नेपाली भूभाग अन्न देखि अन्य उत्पादनका हिसाबले राम्रो भएको र चीनमा नुन र उन पाइने भएकाले दुई देशका नागरिक बीच वस्तु विनिमयको व्यवासाय चल्दै आएको स्थानीय लिमिका स्थानीय उइटुप तामाङ बताउँछन् । “वुवा हजुरवुवाको पालादेखि नैं हामी र चीनको खोचेर, मानसरोवर कैलास भन्दा पछाडिको गाउँहरु त हाम्रै जस्तो लाग्थ्यो,” उनले भने, “पशुवस्तु हराएमा हामी उता खोज्न जाने र उनीहरु इता हाम्रोमा आउने गर्नाले पहिला खासै फरक देशजस्तो पनि लाग्दैन थियो ।”
पछि तिब्बत क्षेत्र चीनले नियन्त्रणमा लिएपछि सिमाना नाकामा कडाई हुँदै गएको बताएका तामाङ वि.सं. २०१७ सालमा पनि सिमानाका बारेमा दुई देशबीच सामान्य विवाद भएको बताउँछन् । त्यसबेला आफू सानै भएको उल्लेख गरेका तामाङका अनुसार लिमिको लोलुङजोङ लगायतका अन्य केही पठान क्षेत्रका बारेमा दुई देशका सिमा क्षेत्रका नागरिकबीच मनमुटाव भएको थियो । पछि दुई दशको केन्द्र स्तरमा सहमती भयो । जुन सहमतीले लोलुङजोङ लगायत कैलास मानसरोवर आसपासको थुप्रै पठार क्षेत्र चीनको भयो भने, हालको १२ नम्बर पिल्लर स्थापना गरिएको तत्कालिन समयमा चीनको सिमानामा पर्ने केही चट्टाने क्षेत्र नेपालमा कायम गरियो । २०१८ मा नेपाल र चीन बीचको सहमतीमा केही भूभाग लिने र दिने काम भयो । त्यो बेला नेपाली पक्षले लोलुङजोङ क्षेत्रको भएको भूभाग चीनीया पक्षलाई छोड्यो भने चीनले हाल स्थापना भएको १२ नम्बर सिमा स्थलम्भ भएको क्षेत्रको भूभाग नेपाललाई छोडयो । यो कुरा सांस्कृतीविद् सत्यमोहन जोशी र केही इतिहाँसविद्ले पनि पुष्टी गरेका छन् ।
राज्य विस्तारका क्रममा जितेर पछि गुमाएका भागहरू हेर्दा सत्यमोहन जोशीले पनि कर्णालीको लोकसंस्कृतिका सन्दर्भमा उल्लेख गर्दै जाँदा चीनको मानसरोवर क्षेत्र नेपालकै भएको उल्लेख गरेका छन् । हामी (नेपाली पक्षले) संरषण गर्न नसक्दा उत्तरतर्फको थुप्रै भूभाग पनि गुमाएका छौं जोशी नेपाली लोकसंस्कृतीको अध्धयन गर्ने क्रममा उल्लेख गर्छन्, ‘मानसरोवर २०१८ तिरसम्म नेपालकै थियो, सम्हाल्न नसकेर तिब्बतको भयो ।’ इतिहासविद डा. रमेश ढुंगेलको कात्तिक २३, २०७२ मा नागरिक दैनिकमा प्रकाशित लेखमा ‘अहिले कायम नेपाल–चीन सीमानाकाबाट पुरानो पर्खालसहितको सिमानाको दूरी एकदिनको हिडाइँको रहेको तर ऐतिहासिक दस्ताबेजको अध्ययन नगरेका कारण डेनदाङ, लुङ्तोलगायत रुदांगीसम्मका नेपाली बस्ती चीनतिर गएको’ उल्लेख छ । उक्त भनाईले पनि अहिले नेपाल चीन बीच विवादको चुरो बनेको लोलुङजोङ क्षेत्र २०१८ साल अघि नेपालकै भएको प्रष्ट हुन्छ । सोही अनुसार २०१९ सालमा दुई देशबीचको सिमाना छ्ट्याउन आपसी सहमझादारीमा १० वटा मुख्य र ५ वटा सहायक गरेर १५ वटा पिल्लर स्थापना गरिए । तीनै पिल्लर अहिले दुई देशको सिमाना एकिन गर्ने रक्षाकवज बनेका छन् ।
सन १९७९ मा नेपाल–चीन सिमाना सम्बन्धि सन्धी, मूल लिपी र हवाई फोटो प्रामेटीका आधारमा गौस ट्रान्सभर्स कन्फर्मल रम्भिय पक्षपण र पित सागर मध्यक समुद्र सतहमा तयार नक्सा तयार पारियो । उत्तः नक्सा १९८२ मा पारित भएपछि अहिलेसम्म आधिकारिक रुपमा चीन–नेपाल बीचको सिमाको आधिकारिक नक्साका रुपमा सरकारी स्तरबाट प्रयोग हुदैं आएको छ । (नक्साको फोटो छ )
दुई पक्षिय चरण क्षेत्र संझौता
दुई देशको भूभागलाई एकिन गर्न औपचारिक रुपमा मिा स्थम्भ राखिएपछि चीनले नाकामा थप कडाईको नीति लियो । जसको प्रत्यक्ष असर लिमि क्षेत्रका च्यांग्रा चौरी जस्ता पशुवस्तु पालनमा पर्यो । दैनिक जीविको पार्जनको मुख्य आधार बनाएका तत्कालिन लिमि र मुचु गाउविका नागरिकले पालेको पशुवस्तु राख्ने चरण क्षेत्रको ठूलो समस्या भयो । चीनले परम्परागत रुपमा उपयोग गर्दै आएको कैलास मानसरोवर क्षेत्रका पशुवस्तु राख्ने र चरण क्षेत्रका रुपमा प्रयोग गर्नेमा बिस्तारै कडाई गर्न थाल्यो । त्यसै समयमा वि.सं २०३६ सालताका राजा तत्कालिन राजा विरेन्द्र विरविक्रम शाहले हुम्लाको राजकिय भ्रमण गरे ।
भ्रमणमा सिमा क्षेत्र लिमि र मुचु गाविसको तर्फबाट स्थानीय अगुवाले चीनसँगको सिमा क्षेत्र, कैलास मानसरोवर असपासमा आप्mना पशुवस्तु राख्ने र चराउन पाउने पहल गरि दिन आग्रह गर्दै राजा विरेन्द्रसँग बिन्तिपत्र चढाए । उक्त बिन्तीपत्रका बारेमा निकै सकरात्मक धारणा राखेका राजा विरेन्द्रले पछि २०३८ सालमा चीनको भ्रमण गरे । त्यसवेला लिमि क्षेत्रको चरण र खर्क राख्ने सम्बन्धमा चीनीया पक्षसँग कुरा राखे । भ्रमणबाट फर्किए लगत्तै लिमि र मुचुको चरण क्षेत्र सम्बन्धमा दुई देश बीच चरिचरण संझौता भयो । उक्त संझौताले लिमि र मुचुका नागरिकले निर्वाध रुपमा आप्mना पशुवस्तु चीनियाँ भू–भागमा पशुवस्तु राख्न चराउन पाउने र त्यसवापत नेपाली पक्षले चरण कर स्वरुप छुप्री, घ्यू दिने कुरा उल्लेख भएको तत्कालिन सिमा प्शासन कार्यालयमा कार्यरत सिमकोट ४ का छ्याङ तोर्केल लामा बताउँछन् ।
उनका अनुसार लिमि क्षेत्रका नगारिकले चीनिया भूभाग मानसरोवर, खोचेरा क्षेत्रसम्म सहज रुपमा आफूले पालेका पशुवस्तु चराउन लिने र खर्क राख्ने देखि स्थानीय बजारमा आवत जावत गर्ने विषयमा पुरानै अवस्था कायम रह्यो ।
सीमा प्रशासन कार्यालयको स्थापना
चीन सरकारले बिस्तारै सिमा सुरक्षामा कडाईको नीति लिएपछि नेपाल सरकारले पनि पछि २०३६ सालमा सिमा प्रशासन कार्यालयको नाममा पहिलो पटक हुम्लामा छुट्टै कार्यालयको स्थापना भयो । जसले दुई देश बीच स्थापना भएका १५ वटा सिमा स्थथम्भको रेखदेख गर्ने र सिमा सुरक्षाको अनुगमन गर्ने कार्यादेश पाएको तत्कालीन सिमा प्रशासन कार्यालयका करिदार सिमकोट ४ का छ्याङ तोर्केल लामा बताउँछन् । तत्कालिन जिल्ला कार्यालयका प्रमुख (सिडियो) कृष्णप्रसाद शर्माको अधिनमा रहने गरेर स्थापना भयो ।
हुम्लाबाट सिमा प्रशासन कार्यालयको कर्मचारीका रुपमा २०३६ मंसिर २८ गते नियुक्त भएका लामाका अनुसार सिमा अधिकृतका रुपमा विष्णुहरी पौडेल हुम्ला आएपछि सिमा प्रशासन कार्यालयले औपचारिक रुपमा काम गर्न शुरु गर्यो । हरेक वर्ष सिमा क्षेत्रमा जाने र त्यहाँ स्थापना गरेका सिमा स्थम्भका बारेमा अनुगमन गर्दै तत्कालिन सरकारले जानकारी गराउने मुख्य जिम्मेवारी उक्त कार्यालयको भएपछि २०४२ सालमा मात्रै सिमा प्रशासन कार्यालयको तर्फबाट सिमा स्थम्भको अनुमगन गर्ने काम भयो ।
“कार्यालयमा कर्मचारीको अभाव लगायत विभिन्न कारणले सिमा क्षेत्रको अनुमगन गर्ने काम ढिला भयो,” लामाले भने, “भौगोलिक जटिलताका कारण हामीले वर्षको एक पटक एक देखि तीनवटा सिमा स्थम्भको निरिक्षण गर्ने र त्यसको फोटा सहितको रिर्पोट काठमाडौं पठाउने काम गरेका हौं ।”
१५ वर्षसम्म सिमा प्रशासन कार्यालयमै रहेर काम गरेका उनले २०४३ सालमा पहिलो पटक लाप्चा क्षेत्रको कात्करमा रहेको १२ नम्बर पिल्लरको अनुमगन गरेको बताए । हरेक वर्षमा दुई देखि तीनजना कर्मचारी गएर मिा स्थलम्भको अनुमगन गर्ने गरेको उल्लेख गरेको लामाका अनुसार २०४५ सालतिर ७ नम्बर सिमा स्थम्भलाई हिउँले केही क्षेती पुर्याएको बाहेक अन्य कुनैपनि सिमा स्थम्भ नबिग्रेको उल्लेख गरे । हिमपातका कारण उक्त पिल्लरमा क्षती पुगेपछि दुई देशको उपस्थितीमा जुम्लाबाट आएका नेपाल आर्मी सहितको टोलीले मर्मत गरेको जानकारी दिए ।
२०१८ सालको दुई बीच भएको सहमती र २०१९ साल स्थापना गरेका सिमा स्थम्भ र २०३९ मा दुई देशका कार्यदलले तयार पारेको नक्सा प्रमाणीकरण भएको आधारमा अहिले चीनले ११ वटा भवन निर्माण गरेको लोलुङजोङ क्षेत्रपनि चीनकै सिमानामा पर्ने देखिन्छ ।
यस्तो छ सिमा स्थम्भको अवस्था र सिमा नाका
हुम्ला र चीनको सिमा क्षेत्रमा स्थापित भएका प्रहरी चौकीको मातहतमा १५ वटा सिमा स्थम्भ रहेका छन् । जसमध्ये ५ वटा सहायक र १० वटा मुख्य पिल्लर छन् । जिल्ला प्रशासन कार्यालय हुम्लामा भएको रेकर्ड अनुसार ३, ४, ५, ६ (१), ७ (१), ८ (१), ९(१), १०, ११ र १२ नम्बरका मुख्य पिल्लर छन भने ५ (२), ६(२) ७ (२), ८ (२) र ९ (२) नम्बका पिल्लर सहायक पिल्लरका रुपमा स्थापना गरिएका छन् । ३६ सय मिटरदेखि ६५५० मिटरको उच्चाईमा रहेका १५ वटै पिल्लरको पछिल्लो अवस्था सामान्य रहेको सिमा क्षेत्रको स्थलगत अनुमगनमा गएका प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी गिरीले जानकारी दिए । ६ वटा मुख्य पिल्लरको स्थलगत अनुगमन गरेर फर्किएका प्रजिअ गिरीका अनुसार सिमानामा राखिएका स्थम्भको दूरी ८ सय मिटर देखि ३० किलो मिटरसम्म छ ।
चीनले निर्माण गरेका भवन नेपाली भूभागमा भएको खबर सार्वजनिक गरेसँगै गृह मन्त्रालयको निर्देशनमा जिल्लाका चार वटै सुरक्षा निकाय (नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल अनुसन्धान) का अधिकारी सहित सिमा क्षेत्रमा राखिएका सिमा स्थम्भको स्थलगत अनुगमनमा गएको टोलीले रेकर्ड गरेको विवरण अनुसार सिमा स्थम्भको दूरी निम्न प्रकार छ,
सिमास्थम्भ दूरी (किलोमिटर)
पिल्लर १२ देखि ११ ३०
पिल्लर ११ देखि १० ४.५
पिल्लर १० देखि ९(२) ५५० मिटर
पिल्लर ९ (२) देखि ९ (१) ३५० मिटर
पिल्लर ९(१) देखि ८(१) ११.५०
पिल्लर ८(१) देखि ८(२) ३४० मिटर
पिल्लर ८(२) देखि ७(१)
भूगोल र मौशमको प्रतिकूलताका कारण सुरक्षा अधिकारीको टोलीले अन्य सिमा स्थम्भको दूरी रकेर्ड गर्न नसकेको जनाएको छ ।
उत्तरी छिमेकी मुलुक चीनसँगको सिमाना जोडिएको हुम्लाको अधिकांश उत्तरी क्षेत्रको भूभाग जोडिएको छ । दार्माको चैखेलीदेखि ताँजकोटको मासपुरका क्षेत्र जोडिएको हुम्लामा सिमा नाका भने पाँचवटा मात्रै रहेका छन् । जसमध्ये तीनवटा सिमान नाका उत्तरको नाम्खा गाउँपालिकाको सिमानामा पर्दछन् । जहाँ जिल्ला सदरमुकाम सिमकोट देखि ३३ कोषको दूरीमा रहेको सेरा नाका र किट नाका, ५० कोषको दूरीमा नाम्खा गाउँपालिका ६ लिमिको तालिङ नाका रहेका छन् ।
त्यसैगरी सिमकोट गाउँपालिका १ मा चुवाखोला नाका पर्दछ । जुन सिमकोटदेखि १३ कोषमा अवस्थित छ । जिल्लाको अन्तिमा नाका रुपमा चंखेली गाउँपालिका ५ स्थित टाँके नाका छ । जो सिमकोटदेखि ४४ कोषको दुरीमा छ । चुवाखोलाको सिमाना ठेहे प्रहरी चौकी मातहत राखिएको छ भने टाके नाका मेल्छाम प्रहरी चौकीले रेखदेख गर्ने गरेर राखिएको छ । तर दुई देशको सिमाना एकिन गर्न चुवाखोला र टाँकेमा कुनै सिमा स्थम्भ राखिएको छैन् ।
के हो लिमि ?
तिब्बती शब्द ‘लिमे’ बाट अपभ्रंश भएर ‘लिमि’ बनेको हो । लिमेको अर्थ तिब्बती भाषामा दुई वस्ती जोड्ने भू–भाग अर्थात क्षेत्रका रुपमा जनाउँछ । लिंक खोला र गेउ स्याक्च्या खोलालाई जोड्ने भू–भागमा वस्ती भएकाले त्यसलाई लिमे भनिएको पौराणीक मान्यता छ । पछि नेपालीमा अपभ्रंस हुदैं लिमि भएको स्थानीय जानकारी बताउँछन् ।
लिमिको टाक्चीमा एक कोट दरबार छ । टाक्चीको डाँडोको चुच्चोमा अहिले पनि दरबारको अवसेस भेट्न सकिन्छ । कोटको माथि सेउ कुनाको छेउमा बौद्ध गुम्बा छ । परापूर्व कालमा तिब्बत क्षेत्रमा गुम्बाबाट सरकार वा राजकाज चलाउने व्यवस्था थियो । सोही अनुसार तिब्बतबाट आएका शाशकहरुले त्यही गुम्बा र दरबारबाट तत्कालिन लिमि क्षेत्रमा शाशन चलाउने गरेका रहेछन् । पहिले कोट दरबार, गुम्बाको बीचमा बगेर आएका दुई नदिको बीचमा लिमे हालको लिमि वस्ती थियो । पछि शासन व्यवस्था परिवर्तन भएर दरबार र गुम्बा दुवैको प्रभाव कम हुँदै गएपछि लिमे वस्ती पनि त्यहाँबाट सरेको देखिन्छ । शुरुमा एकै गाउँमा भएको लिमे वस्ती अहिले तिल, जाङ र हल्जीमा सरेपछि लिमिका रुपमा परिचित भएको नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर तामाङ बताउँछन् ।
उच्च हिमाली पठार क्षेत्रमा रहेको लिमि उपात्यका प्राकृतीक सौन्दर्य, पर्यवरणीय, जैविक विविधता र मानव सभ्यता तथा सांस्कृतीका हिसाबले पनि निकै महत्वपूर्ण क्षेत्र हो । जसकै कारण नेपाल सरकारले अलिहे पनि लिमि भ्यालीलाई निषेधित क्षेत्रका रुपमा घोषणा गरेको छ । समुद्रीक सतहदेखि १७ हजार फिटको उचाइमा अवस्थित न्यालु लेक पार गरेर देखिने मनमोहक लिमि क्षेत्र निम्न विषेशताले चिन्न सकिन्छ,
तिब्बतियन कच्लरको संरक्षण भएको क्षेत्र
लिमि क्षेत्र रैथाने तिब्बतीयन कल्चर भएको शंशारको एक मात्रै वस्ती हो । तिब्बतको ल्हासामा समेत नभएको परम्परागत बिब्बतीयन कल्चरको प्रयोग लिमिमा मात्र छ ।
ल्हासा चीनमा समाहित भएपश्चात तिब्बतीयन कल्चर मिश्रीत खालको छ तर लिमिमा अहिले पनि तिब्बत क्षेत्रको जीवित कल्चर बाँकी नैं छ ।
११ औं शताब्दीमा बनेको हल्जी गुम्बा
लिमि ११ औं शताब्दीमा निर्माण भएको हल्जी गुम्बा भएको क्षेत्र हो । तत्कालिन लोचाओ (कवी) रिञ्जिन जाङवुले भारत, नेपाल र तिब्बतमा निर्माण गरेका १०८ गुम्बा मध्येको १०८ औं गुम्बाका रुपमा निर्माण भएको अन्तिम गुम्बा पनि लिमिमै अवलोकन गर्न सकिन्छ ।
यो एतिहाँसिक र पुरातात्वीक रुपमा पनि निकै महत्वपूर्ण छ । अन्य गुम्बा भारतको लद्दाक र चीनको ल्हासामा निर्माण भएका छन् । यति मात्रै होइन् । तत्कालिन जुम्लाको सिंजा क्षेत्रको एक राजाले बुद्ध धर्म मान्ने भएका कारण यही गुम्बामा गएर श्रमदान गरेको लिपि पनि यही गुम्लामा रहेकाले कर्णाली क्षेत्रको इतिहाँसका बारेमा समेत यो गुम्बा निकै महत्वपूर्ण मानिन्छ । ति राजाले हल्जी गुम्बामा माटो बोकेर श्रमदान गरेको कुरा खुलेको लिपि अहिले पनि यही गुम्बामा सुरक्षित छ ।
दुर्लभ वन्यजन्तु संरक्षित क्षेत्र
नेपालका थुप्रै दुर्भव वन्यजन्तुहरुको अवलोकन गर्ने क्षेत्रका मध्येको लिमि भ्याली पनि एक हो । जहाँ वन चौरी, वन घोडा, वन बिरालो, बाघ, हिउँ चितुवा र ध्वाँसे चितुवा, मृग, भालु, लगायतका ससयौको संख्यामा थुप्रै प्रजातीका वन्यजन्तुको आवश क्षेत्र हो लिमि उपत्यका । लिमि उपत्यकाको हल्जी गाउँबाट मानसरोबर जाने बाटोमा थुप्रै सुख्खा घाँसे मैदान देखिन्छन्, जहाँ खासगरी भारी बोक्ने चौंरी, च्यांग्रा चराइन्छन ।
सन् २०१३ मा लिमि उपत्यकामा राखिएका केही स्वचालित क्यामेराले कैद गरेका तस्बीरले पनि लिमि उपत्यकामा धेरैअनौठा र दुर्भल जनावर तथा वन्यजन्ुत भएकोप्रमाणीत गरेको छ । जसमध्ये एउटामा अनौठो बिरालो पनि यस क्षेत्रमा पाइने उल्लेख गरिएको छ ।
करिब ४००० मिटरको उचाइ र गाउँदेखि निकै पर यो अनौठो बिरालो यसअघि नेपालबाट अभिलेख नगरिएको ‘यूरेसिएन वाइल्ड क्याट’ (यूरेसिएन वन बिरालो) हो भन्ने जनाएका छन् । यस क्षेत्रमा थुप्रै वन्यजन्तु तथा जिव जनावर पाइने भएकाले यो क्षेत्र लोपउन्मुख वन्यजन्तुको अवलोकन गर्ने क्षेत्रका रुपमा पनि निकै महत्वपूर्ण क्षेत्र हो ।
परम्परागत शाशन कायमै
नेपालका पाँच वटा संविधान जारी भएपनि लिमि उपत्यका यस्तो क्षेत्र हो जहाँ अहिलेपनि आप्mनै आन्तरिक शाशन कायमै छ । लिमिमा भएका तीन गाउँ तिल, जाङ र हल्जीको आन्तरिक तथा बाह्य (जनप्रतिनिधिले गर्ने प्रशासनिक काम बाहेकका) सबै काम गर्न आन्तरिक नेताका रुपमा छुट्टै प्रतिनिधि चुन्ने व्यवस्था अहिलेपनि जिवितै छ । उक्त प्रतिनिधिलाई तीनै गाउँमा अध्यक्ष भनेर संवोधन गरिन्छ ।
शुरुमा हरेक तीन वर्षमा निर्वाचित हुने लिमिका अध्यक्ष नयाँ संविधान अनुसार स्थानीय तहका जनप्रतिनिधिको पदावधी पाँच वर्ष भएपछि उनीहरुको पदावधी समेत पाँच वर्ष पुर्याइउने सल्लाह भएको नाम्खा गाउँपालिका ६ लिमिका वडा अध्यक्ष पाल्जोर तामाङ बताउँछन् । उनका अनुसार २०७४ वैशाख ३१ ग्तेको स्थानीय तहको निर्वाचनमार्फत निर्वाचित आफूसहितका वडा सदस्य र गाउँपालिकाका पदाधिकारीहरुलाई सरकारी प्रतिनिधिका रुपमा मान्ने गरेपनि गाउँको अधिकांश कामको छिनोफानो गर्ने जिम्मा परम्परागत पद्धतीबाट चुनिएका अध्यक्षहरुले नै गर्ने गर्छन् ।
तत्कालिन लिमि गाविस भएपनि राज्य पुर्नसंरचनामा एक वडामा सिमित गरिएको भएपनि अहिले जाङ गाउँमा छिरिङ तामाङ , तिल गाउँमा लाक्पा तामाङ र हल्जी गाउँमा छिङतुरुप तामाङ परम्परागत रुपमा हुने निर्वाचन बाट निर्वाचित अध्यक्ष हुन् । “कुनै योजना छनोट गर्ने होस् वा उपभोक्ता समिति निर्माण गर्ने देखि हरेक काममा पहिलो निर्णायक अधिकारी गाउँका नेताहरुको हुन्छ ।” वडा अध्यक्ष तामाङले भने, “गाउँको सत्ताले गरेको निर्णय अनुसार वडा र गाउँपालिकाको सत्ताले कार्यान्वयन गर्ने प्रचलन लिमिमा अहिलेपनि कायमै छ ।” कोही नयाँ व्यक्ति गाउँमा आएमा कता बस्ने के कुरा बोल्ने देखि गाउँको विकासदेखि अन्य रितिथितिका बारेमा सामुहिक नियम बनाउने पहिलो अधिकारी पनि त्यही संयन्त्रलाई हुने नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर तामाङले स्विकारे ।
लिमिले अहिलेपनि मुख्य रुपमा आन्तरिक परम्परालाई नैं स्विकारेर अघि बढेको बताएका तामाङ स्थानीय तहको कार्यकाल सँगै उनिहरुको अवधी पनि सकिने बताउँछन् । वडा र गाउँपालिका हुदंै सरकारले सञ्चालन गर्ने योजनाको पहिलो तर्जुमा गाउँको परम्परागत सत्ताले गरेपछि मात्रै सरकारी संयन्त्रमा प्रवेश पाउँछ । गाउँका निर्वाचित जनप्रतिनिधि सरकारका कामलाई गाउँमा ल्याएर कायान्वयन गर्ने कारिन्दाका रुपमा रहने गरेका छन् ।
कैलास मानसरोवर दर्शनको छोटो मार्ग
लिमि उपत्यका नोपली भूमिबाट कैलास मानसरोवरको दर्शन गर्ने एक मात्रै भूमि हो । लिमिको लोलुङ बाट कैलास मानसरोवसरको प्रष्ट रुपमा दूर दर्शन गर्न सकिन्छ । हाम्रा पुर्खाहरु मात्रै नभएर २०६० को दशकसम्मको कैलास मानसरोवर दर्शन गर्न जाने प्रमुख रुढका रुपमा पनि यही मार्गलाई प्रयोग गर्ने गरेका थिए । यो क्षेत्र हुम्ला सदरमुकाम सिमकोटदेखि १०५ किलो मिटरको दूरीमा पर्छ । यदि सडकको स्तरोन्नती हुने हो भने निकै सहज र सजिलो रुपमा आवतजावत गर्ने मार्गका रुपमा रहने देखिन्छ ।
नेपाली भूमिबाट कैलास मानसरोवरका दर्शन गर्ने क्षेत्र एक मात्रै छ । चीनिया भूभागमा पुगेमा जुन सुकै क्षेत्रबाट पनि देखिन्छ । तर नेपाली भूमिबाट सहज दर्शन गर्न सकिने स्थान लोलुङबाट मात्रै हो । यहाँदेखि कैलासको पैदल दर्शन गर्न जाने क्षेत्रपनि निकै सहज छ ।
पहिले घोडामा लिमिको गाउँबाट कैलास मानसरोवर भन्दा उत्तरतिरको छोपाहरुको गाउँमा पुग्ने गरेका थिए । पहिला दुवै क्षेत्रका पशुवस्तु भागेर आउने जाने गरेपछि यहाँका वासिन्दाले घोडाबाटै होडछुँयो भन्ने गाउँमा पुग्ने गर्थे । त्यसले पनि एक दिनकै पैदलमा लिमिबाट कैलास मानसरोवरको दर्शन गर्न सकिन्छ ।