काठमाडौं । पाँच दलिय गठबन्नलाई सत्तामा टिकाइराख्न फेरी भिआइपीका नाममा राज्इकोषको दोहन शुरु भएको छ ।
सरकारलाई बचाइराख्ने धाउन्यले नाम र दाम कमाएका ‘भीआईपी’ ले राज्यको कोषमा र्याल काढ्ने र सरकारमा रहेकाहरूले मन फुकाएर बाँड्ने क्रम फेरि सुरू भएको छ । राज्यकोषबाट नेताहरूले उपचार खर्च लिने कुराको तीब्र विरोध भएपछि केही समय यो रोकिए पनि यो आर्थिक वर्षमा मात्रै ३ करोड रूपैयाँभन्दा बढी आर्थिक सहायता बाँडिएको सरकारकै रिर्पोटले खुलासा गरेको छ ।
राज्य कोषबाट साउनदेखि मंसिरसम्म बाँडिएको आर्थिक सहायता लिनेमा पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पहिलो नम्बरमा छन् । खनालले दुईपटक गरेर उपचार खर्चबापत ५८ लाख ५३ हजार रूपैया लिएका छन् ।
अर्थ मन्त्रालयले विविध खर्च शीर्षकमा रकमान्तर गरेर परराष्ट्र मन्त्रालयमार्फत दिल्लीस्थित नेपाली दूतावासमा सो रकम खनालको उपचार खर्च व्यवहोर्न पठाएको हो । खनाल अब फेरि उपचारका लागि चीन जाने तयारीमा छन् । उनले आफूसँग पैसा नभएको भन्दै राज्यकोषबाट खर्च लिने यसअघि नै बताइसकेका छन् ।
पूर्वराष्ट्रपति डा. रामवरण यादवलाई नपुग्दो केही पनि छैन । उनी आफैं सम्पन्न व्यक्ति हुन् भने सरकारले दिएको घरमा बसिरहेका छन् । पटक(पटक सरकारबाट आर्थिक सहायता बुझ्दै आएका यादवले यही मंसिरमा थप १० लाख रूपैयाँ गृहमन्त्रालयमार्फत आर्थिक सहायता शीर्षकमा बुझेका छन् ।
वागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले मंसिर महिना नै उपचार खर्च शीर्षकमा कुरुवाको खर्चसमेत बुझेका छन् । उनले बिलबमोजिम पहिलो चरणमा १२ लाख ९० हजार बुझेको अर्थमन्त्रालयले सार्वजनिक गरेको खर्च विवरणमा उल्लेख छ । त्यस्तै पूर्वमन्त्री तथा नेकपा एमालेका स्थायी कमिटी सदस्य रघुजी पन्तसहित तीनजनाले २७ लाख रूपैयाँ आर्थिक सहायता लिएको अर्थको विवरणमा उल्लेख छ । नेकपा एसका नेता तथा पूर्वमन्त्री प्रदीप नेपाल र रामेछाप गेलुकी मैया भुजेलका नाममा गृहमन्त्रालयमार्फत एकैपटक १४ लाख रूपैयाँ निकास भएको छ ।
ठूलो आर्थिक सहायता लिने प्रमुख १७ जना
१) झलनाथ खनाल ५८ लाख ५३ हजार
२) डा. रामवरण यादव १० लाख
३) यादवचन्द्र शर्मा १२ लाख,९० हजार
४) प्रदीप नेपालसहित २ जना १४ लाख
५) रघुजी पन्तसहित ३ जना २७ लाख
६) बोधप्रसाद घिमिरे, झापा दमक १ लाख
७) राजबहादुर शाही मुगु ७ लाख
८) पदम बुढा, जुम्ला ७ लाख
९) जीवनकुमार राई, विराटनगर तीन लाख
१०) निर्भिका टुहुरे९ ८ लाख ३० हजार
११) गुरुमा धम्मासति ४६ हजार ८२३
१२) खरिदार रिना लामा ४५ हजार
१३) रामबहादुर साउँदसमेत ५९ लाख ९ हजार
१४) कुमार खड्कासमेत १४ लाख
१५) घन कटवालसमेत १० लाख
१६) ज्ञानबहादुर रोकायासमेत ८ लाख
१७) नानिबाबु खड्का ५ लाख
अरु कसले कति बुझे ? तलको रिर्पोटमा हेर्नुहोस्